नागरिकलाई असुविधा नहोस् भनेर दुई दिन समय दिएका छौ :प्रमुख जिल्ला अधिकारी

दियोपोस्ट संवाददाता

काठमाडौं, १३ बौशाख । सरकारले निषेधाज्ञा गर्नु अगाडि नागरिकलाई आफ्नो घर जानको लागी दुई दिन समय दिने भएको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं बाहिर जानेहरूलाई कम्तीमा दुई दिनको समय दिइने बताएका छन् ।

दुई दिनसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु नहुने बताउँदै पराजुलीले भने, ‘एक हप्ता सम्म केही क्षेत्रलाई बन्द गराउने प्रस्ताव गरेका छौं । नागरिकलाई समस्या नहोस् भनेर दुई दिन चाहिँ हामीले समय दिने सोचेका छौं ।
बन्दको स्थिति भएमा घर फर्किन पनि समय मिलोस् भन्ने हिसावले हामी एक दुई दिन टाइम दिएका छौं ।’कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दापनि संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण रुपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको समेत बताएका छन् ।

लकडाउन गर्नु भन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भएपनि मापदण्ड पूर्ण रुपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भिर बनेको प्रशासनले बताएका छन् । त्यसैले थप भयावह स्थिति आउन नदिनको लागि निषेधाज्ञा आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताएका छन् ।
संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा अथवा लकडाउन गर्नेगरी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको बैठकले माथिल्लो निकायमा सिफारिस गरेको जानकारी दिएका छन् ।

सम्बन्धित खबर

सिफारिस