‘फ्लोर क्रस’ गर्ने कर्णालीका चार सांसदको पद गुम्यो

दियो पोस्ट  

काठमाडौँ, १३ बैशाख । कर्णालीमा फ्लोर क्रस गरी मतदान गर्ने नेकपा एमालेका चार सांसदको पद गुमेको छ ।

मुख्यमन्त्री शाही विरुद्धको अविश्वासको प्रस्ताव असफल गराउन उनीहरुले एमाले पार्टीको निर्देशन विपरित शाहीको पक्षमा मतदान गरेका थिए ।

सोमबारको प्रदेश सभा बैठकमा सभामुख राजबहादुर शाहीले नेकपा एमालेले सचिवालयमा दर्ता गराएको दल त्याग सम्बन्धी सूचना सुनाउँदै चार सांसदको पद रिक्त भएको घोषणा गरेका हुन् ।

एमाले संसदीय दलको कार्यालय कर्णालीका दल नेता यमलाल कँडेलले प्रदेशसभा सदस्यहरूमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई निष्कासन गरिएको पत्र प्रदेश सभा सचिवालयमा आइतबार दर्ता गराएका थिए ।

नेकपा एमाले महाधिवेशन आयोजक कमीटीको १० वैशाखमा बसेको बैठकबाट उनीहरूलाई प्रदेश सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय भएको थियो ।

सिफारिस