सर्वोच्चको निर्णय — माधव समूहको मागमा अन्तरिम आदेश जारी नगर्ने

दियो पोस्ट  

काठमाडौँ, १३ बैशाख । सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधव कुमार नेपाल समूहको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेको आधारमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

कर्णालीमा फ्लोर क्रस भएलगत्तै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालपक्षका संघीय सांसदहरुलाई ‘तपाइँलाई सांसद पदबाट किन नहटाउने भनि प्रश्नसहितको स्पष्टिकरण सोधेका थिए ।

स्पष्टिकरण सोधिएपछि २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै माधव नेपालसहितका सांसदहरुले सर्वोच्च अदालतमा रीट निवेदन दर्ता गराएका थिए ।

सोही रिटको सुनुवाई गर्दै न्यायाधीश ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेकै आधारमा अन्तरिम आदेश दिइरहन नपर्ने ठहर गरेको हो ।

रिट निवेदक नेताहरुको तर्फबाट बरिष्ठ अधिवक्ताहरु शम्भु थापा,हरिप्रसाद उप्रेती,खगेन्द्र प्रसाद अधिकारी,चन्द्रकान्त ज्ञवाली,टीकाराम भट्टराई,,गोविन्द बन्दी लगायतले बहस गरेका थिए ।

सिफारिस