
काठमाडौं, १४ बैशाख । कोरोनाको सन्त्रासबढेँसँगै उपत्यकामा विहीबारबाट लकडाउन सुरु हुने भएपछि घर फर्किने यात्रुहरुको भिड बढेको छ ।
सोमबार बसेको मन्त्रीपरिसद्को वैठकले बुधबारदेखि लागुहुनेगरी २ साताका लागि लकडाउन गरेसँगै नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका क्षेत्रमा घर फर्किनेहरुको संख्या बढेको हो।
गृहमन्त्रालयका गृहसचिव सहित जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले १ हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको थियो र त्यही निर्णयउपर मन्त्रीपरिसद्को वैठकले थप १ हप्ता निषेधाज्ञा बढाउने निर्णय गरेसँगै घर जाने यात्रुको संख्यामा वृद्धि भएको देख्न सकिन्छ ।
लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् । बझाङ जानका लागि टिकट काट्न सोमबार साँझ नयाँ बसपार्क पुगेका जयराज जोशीले टिकट नपाएको गुनासो गरे ।
लामो दूरीका सवारी साधन थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकट अभाव भएको हो ।
सोमबारमात्रै देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । भने थप १२ जना संक्रमितको मृत्यु भएको छ ।