काठमाडौं, १५ बैशाख ।गण्डकी प्रदेशका तीन सांसदमा कोरोना सङ्क्रमण देखिएको छ ।
मङ्गलबार लिईएको स्वाबमा उनीहरुमा सङ्क्रमण देखाएको प्रदेश स्वास्थ निर्देशनालय स्रोतले बताएको छ ।
नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो ।
वैशाख १३ बाट जारी प्रदेशको विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भई छलफल चलिरहेको छ ।
मङ्गलबार सत्तारूढ दल नेकपा एमालेले नै सबै सांसदको कोरोना परीक्षण माग गर्दै सभा अवरुद्ध गराएको थियो ।
हिजै बसेको कार्य व्यवस्था परामर्श समितिको बैठले कोरोना पोजेटिभ आए पनि मतदान नरोकिने निर्णय गरे पनि पोजेटिभ आएका सांसदले भने बोल्न नपाउने भएका छन् ।