काठमाडौं, १५ वैशाख । सरकारले जनता समाजवादी पार्टी ( जसपा ) का १२० नेता कार्यकर्तामाथि लगाइएको मुद्धा फिर्ता गरेको छ ।
बुधबार सरकारका प्रवक्ता रहेका संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी भएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय भएको जानकारी दिएका छन् ।

मन्त्री गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेने बताएका छन् ।
जसपाले सरकारसमक्ष आफ्ना नेता तथा कार्यकर्ताहरुमाथि लगाइएको मुद्धा खारेज गर्न माग गर्दै आएको थियो । आफ्नो माग सम्बोधन भएको खण्डमा जसपाले प्रधानमन्त्री केपी ओलीकै सरकारलाई समर्थन गर्ने बताउँदै आएको छ ।

जसपाले वैकल्पिक सरकार बनाउनका लागि तदारुकता नदेखाउनु र सरकारले जसपाको माग सम्बोधन गर्नुलाई अब ओली नेतृत्वकै सरकारले निरन्तरता पाउने संकेत गरेको छ ।
