
काठमाडौं, १५ वैशाख । मुलुकभर थप ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट परिक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।
त्यति नै समयमा देशका विभिन्न जिल्लामा गरेर १७ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ जना गरी २ हजार ४७ संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख १२ हजार ६ सय ९९ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या तीन हजार २ सय ११ पुगेको छ ।
सोही अवधीमा ७ सय ७३ जना निको हुँदा निको हुनेको संख्या २ लाख ७९ हजार २७९ पुगेको छ ।
पछिल्लो चौबिस घण्टामा १३ हजार ८७९ को पिसिआर र ९५५ जनामा एन्टिजेन गरि कुल १४ हजार ८३४ नमुनामा कोरोना परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालभर ३० हजार २०९ सक्रिय संक्रमित रहेका छन् ।