
SONY DSC
सन्तोष विश्वकर्मा
काठमाडौँ, १६ वैशाख । नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण रोक्न भन्दै सरकारले विहिबारदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाको पहिलो दिन आज काठमाडौं उपत्यकाको सडक सुनसान बन्यो ।
निषेधाज्ञाका कारण सर्वसाधरण अत्यावश्यक काममा समेत घरबाट निष्कन सकेका छैनन् । विहिबार विहानैदेखि यात्रुहरुको आवत जावत समेत बन्द छ ।
निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधानहरुलाई प्रहरीले होल्डिङ्ग गरेको छ । होल्डमा परेकाहरुलाई प्रहरीले बेलुका सात बजे मात्रै छाड्ने जनाएको छ । दियोपोस्टका फोटोग्राफर सन्तोष विश्वकर्माले विहिबारको निषेधाज्ञालाई क्यामेरामा यसरी कैद गरेका छन् ।\














