पोखरा, १६ वैशाख । कुनै समय गुण्डा नाइके भनेर चिनिएका राजीब गुरुङ उर्फ दीपक मनाङ्गेलाई नेकपा एमालेको ओली समुहले आफ्नो सरकार संकटमा परेपछि खेलकुद मन्त्री बनाएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विहिबार उनलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका हुन् ।
सपथ ग्रहणका लागि प्रदेश नीति तथा योजना आयोगको हलमा पुगेका मनाङ्गेले सञ्चारकर्मीसँग रमाइलो प्रतिक्रिया दिए । आफू युवाका लागि विजनेश प्लान लिएर मन्त्रालयमा आएको उनको भनाई थियो । ‘युथका लागि बिजनेस प्लान छ । स्पोर्टस्मा त हामीसँग टिम राम्रो छ,’ उनले भने ‘धेरै गर्नुपर्ने देश होइन, ४र५ वटा काम प्रभावकारी ढंगले गर्यो भने पुग्छ ।’
मुख्यमन्त्री गुरुङकै अफरमा आफु मन्त्री बनेको उनले घुमाउरो पारामा बताए । ‘ ‘काम गर्ने वातावरण बन्यो भने गर्नुभन्नुभयो, मैले हुन्छ भनें,’ उनले भने,‘ ‘दौरा सुरुवाल किन्न जाउँ भन्नुभयो, किन्न गएँ ।’
नयाँ दौरा सुरुवाल किनेको उनले बताए । रातभर नसुतेको कारण आफूलाई निन्द्रा नलागेको उनको भनाईले गण्डकी प्रदेश सरकार जोगाउन रातभर कसरत भएको संकेत मिल्छ ।