काठमाडौं, १७ बेशाख ।नेकपा माओवादी केन्द्र सभाका माओवादि प्रतिनिधि सांसदहरुले आधा महिनाको पारिश्रमिक कोरोना विपद् कोषमा सहयोग गर्ने भएका छन् ।
माओवादि केन्द्रबाटै मनोनित कर्णालि प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको शुक्रबारको बैठकले सो निर्णय गरेको हो ।
कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका कामलाई थप प्रभावकारी बनाउनका लागि यो निर्णय गरिएको स्रोतले बतबएको छ ।
बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना रोकथाम तथा नियन्त्रण, उपचारमा प्रदेश सरकार प्रभावकारी ढङ्गले लागेको र यो विपत घडिमा सबैलाइृ साथ दिन पनि अनुरोध गरे ।