वीर अस्पतालमा ओटी लाइट र युरो सामग्री खरिदमा सेटिङ : डमरु र डा. अनिलको समलग्नता !

diyopost.com
दियो पोस्ट  सोमबार, चैत्र २१, २०७८ | १४:५०:३८

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानद्वारा सञ्चालित वीर अस्पतालमा मेडिकल सामग्री खरिदमा सेटिङ हुने गरेको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ ।

पछिल्लो समय वीरलाई आवश्यक पर्ने ओटी लाइट लगायत सामग्री खरिदमा सेटिङ गरेको आरोप छ । वीरले गत फागुन २६ गते गरेको टेण्डरमा सेटिङको आशंका छ ।

वीरले १० वटा ओटीलाइटका लागि ५ करोड रुपैयाँमा खरिद गर्न टेण्डर आह्वान गरेको थयिो । स्पेसिफिकेशनका लागि वीरकै युरोलोजी विभागका विवादित व्यक्ति डा. अनिल श्रेष्ठलाई जिम्मा लगाएको र उनले आफूलाई कमिशन दिने अलाइन्सी फर्मलाई मात्रै ठेक्का पर्नेगरि स्पेसिफिकेशन बनाएको आरोप छ । स्रोतका अनुसार श्रेष्ठले केएलएस मार्टिन नामक कम्पनिले मात्रै टेण्डर पाउने गरि स्पेक बनाएका थिए । उनकै कारण हाल सर्जिकल सामग्री खरिद विवादमा परेको छ । अन्य व्यापारीहरुले आफूहरुलाई टेण्डर फारम भर्न नपाउने गरि स्पेशिफिकेशन गरिएको भन्दै डा. अनिल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्रालय, सम्पत्ति सुद्धिकरण विभाग लगायत विभिन्न निकायमा उजुरी दिने तयारी गरेका छन् । गत मार्च २९ तारिखमा अस्पतालले प्रिबिड मिटिङ राखेर सबै व्यापारीसँग छलफल समेत गरेको थियो । उक्त बैठकले दिएको राय विपरित डा.श्रेष्ठले पुन आफ्नै फर्मलाई हुने गरि स्पेकमा केही बुँदा थपेको आरोप छ ।

त्यस्तै युरो सर्जिकलको ४ कारोडको सामानमा पनि डा. अनिल र खरिद ईकाइका शाखा अधिकृत डमरु दाहालले कमिशन लिएको आरोप छ । डमरु र श्रेष्ठले टेण्डर हुनुभन्दा अगाडी होटलमा व्यापारीलाई भेटेर कमिशन लिएको आरोप पनि वीर अस्पतालको कर्मचारी स्रोतले जानकारी दिएको छ ।

 

यता डा. अनिल भने अस्पतालको युरो विभागमा आउने विरामीलाई अस्पतालमा बेड छैन भन्दै आफू का मगर्ने बिएण्डबी, मेडिसिटी लगायत अस्पतालमा पुर्याउने गरेका छन् । उनले ती अस्पतालहरुमा विरामीलाई लाखौँ रुपैयाँ महँगोमा अपरेशन गराउने गरेको आरोप छ ।

उनलाई अस्पताल भित्र विरामी ‘बेच्ने डाक्टर’को रुपमा चित्रित गरिन्छ । डमरुले अस्पतालमा हुने सबैजसो ठेक्कामा सेटिङ मिलाउने र व्यापारीअनुकुल स्पेक बनाउन योजनाकारको भूमिका निभाउँदै आएका छन् ।

यस विषयमा प्रतिक्रियउा लिन डा. श्रेष्ठलाई फोन गर्दा उनी व्यस्थ रहेको जानकारी आयो । त्यस्तै डमरुलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

सम्बन्धित खबर