कारागार भित्र रहेका ‘बाहुन डन’द्वारा पत्रकार श्रेष्ठ विरुद्ध मुद्दा !

diyopost.com
दियो पोस्ट  बिहिबार, चैत्र २४, २०७८ | २०:५८:०२

काठमाडौं । केन्द्रीय कारागारमा कैद सजाय भोगिरहेका रामेश बाहुन भनिने सुजन कुमार पौडेलले एक जना पत्रकार विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । बाहुनले दृष्टि साप्ताहिकका अध्यक्ष तथा प्रकाशक सम्पादक समेत रहेका समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ विरुद्ध गाली बइज्जती मुद्दा दायर गरेका हुन् । उनले श्रेष्ठसँग ५० लाख क्षतिपूर्ति समेत माग गरेका छन् ।

पौडेलले दृष्टि साप्ताहिकमा प्रकाशित समाचारले आफ्नो गाली बेइज्जती भएको आरोप लगाएका छन् । पौडेलमाथि जेल भित्रैबाट हप्ताअसुली गरेको, फिरौतीको धन्दा चलाएको, कांग्रेसका नेता मार्फत भिमफेदी वा अन्य दुर्गम क्षेत्रका कारागारमा सार्नबाट कारागार व्यवस्थापनलाई रोकेको, जेलमा नाइकेको रुपमा व्यापार गरी मासिक ५ लाखभन्दा बढी आम्दानी गर्दैआएको, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेलाई प्रभावमा पारी केन्द्रीय कारागारमै रहने वातावरण तयार गरेको, काफ्लेले गृहमन्त्री बालकृष्ण खाणलाई बाहुन डनलाई कारागार नसार्न पटकपटक अनुरोध गरेको तथा निज काफ्लेलाई आगामी प्रदेशसभाका निर्वाचनमा जिताउनको लागि बाहुन डनले गुण्डादेखि अर्थसम्मको प्रबन्ध गरिदिने प्रस्ताव गरेको भन्ने आरोप छ ।

 

आफूमाथि बाहुन डन भनिएको विषयमा समेत उनले आपत्ति जनाएका छन् ।

 

सम्बन्धित खबर