काठमाडौं । सशस्त्र प्रहरी बलको महानिरिक्षकमा पुष्पराम केसी नियुक्त भएका छन् ।
आज विहान बसेको मन्त्रिपरिषद बैठकले उनलाई महानिरिक्षकमा नियुक्त गरेको हो । बरिष्ठताका आधारमा उनलाई नियुक्त गरिएको जनाइएको छ । यसअघि महानिरिक्षक रहेका शैलेन्द्र खनाल मंगलबार अवकास पाएका छन् ।
खनाल पछि बरिष्ठताको आधारमा केसी एआइजी दिए ।