बजारमा खाना पकाउने ग्याँसको ‘हाहाकार’ : ग्याँसको मुल्य बढाउन व्यापारीको कृतिम हड्ताल !

diyopost.com
दियो पोस्ट  शनिबार, बैशाख ०३, २०७९ | २३:३१:१३

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्याँसको चरम अभाव शुरु भएको छ । व्यापारीहरुले मुल्य बृद्धि गर्नका लागि ग्याँसको चरम अभाव श्रजना गरेका हुन् । यतिबेला कुनै पनि खुद्रा विक्रेताले सर्वसाधरणलाई ग्याँस उपलब्ध गराउन नसक्ने जवाफ दिँदै आएका छन् ।

‘अब प्रति सिलिण्ड २५ सय रुपैयाँ नभएसम्म यस्तै अभाव हुने वाला छ,’ बबरमहलस्थित एक खुद्रा विक्रेताले भने,‘अहिले कसैले पनि ग्याँस दिनसक्ने अवस्थामा छैन ।’

ग्याँस विक्रेताले उपभोक्तामाथि यसरी कृतिम अभाव श्रजना गरेपनि सरोकारवाला निकाय मौन छन् । नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक उमेश प्रसाद थानी समेत रहस्यमयी रुपमा कृतिम अभाव श्रजना गर्ने व्यापारीको पक्षमै लागेका छनन् ।

एलपी ग्याँस उद्योग संघका अध्यक्ष कुस मल्लीको नेतृत्वमा केहीदिन अघि आन्दोलन भएको थियो । कमिशन बढाउने सर्तमा पछि आन्दोलत सम्झौतामा टुंगिएको थियो ।

सम्बन्धित खबर