नयाँ बसपार्कदेखि नवगणेश मार्ग जोड्ने पुलको शिलान्याश, असार भित्रै सम्पन्न हने

diyopost.com
दियो पोस्ट  बिहिबार, बैशाख ०८, २०७९ | २३:३२:१२

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क र नवगणेश मार्ग जोड्ने पुल निर्माण हुने भएको छ । ३० लाख लागतमा यही आर्थिक वर्षमा सम्पन्न हुनेगरि पुल निर्माण थालनी भएको हो ।

विहिबार नवगणेश मार्ग माछापोखरी टोल सुधार समितिका अध्यक्ष कृष्णमान श्रेष्ठसहित टोल सुधार समितिका पदाधिकारीले पुलको शिलान्यास गरेका हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित रहेको बसपार्क र वडा नम्बर १६ स्थित रहेको नवगणेश मार्ग जोड्ने पुल निर्माणका लागि वागमती प्रदेश सरकारले ३० लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

पुल निर्माणका लागि बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री बसन्त मानन्धरले बजेट बिनियोजन गरिदिएका थिए । ‘उहाँकै पहलमा यो पुल निर्माण हुने भएको हो,’ अध्यक्ष श्रेष्ठले दियोपोस्टसँग भने, ‘अब यही आर्थिक वर्ष भित्र हामीले पुल निर्माण सम्पन्न गर्नेछौँ ।’

उनका अनुसार पुल ८ फिटको हुनेछ । पुलबाट मोटर साइकल र मानिसहरु आवतजावत गर्न सक्नेछन् । तर, पुलको आधार भने दिर्घकालिन हिसाबले निर्माण गर्ने र निकट भविष्यमै मोटरेबल रुपमा समेत विस्तार हुने उनको विश्वास छ ।

‘लामो संघर्षपछि हामीले पुल निर्माणको अवसर पाएका छौँ । यहाँ बस्ने सबै सुकुम्बासी टोलका दाजु भाईको सहयोग सराहनीय छ,’ श्रेष्ठ भन्छन्,‘यो पुल निर्माणमा देवेन्दश्र श्रेष्ठको पनि ठूलो योगदा छ । यदि उहाँ नलागेको भए आज यो शिलान्यास हुने अवस्था आउँदैन थियो ।’

सम्बन्धित खबर