स्थानीय तह निर्वाचन : धादिङ ज्वालामुखीको अध्यक्ष बन्न ६ जनाले दिए मनोनयन दर्ता

पालिकाभरबाट उम्मेदवारी दर्ता गराउनेको संख्या १२३ पुग्यो

diyopost.com
दियो पोस्ट  मंगलबार, बैशाख १३, २०७९ | ०:४५:५७

धादिङ । आसन्न स्थानीय तहको निर्वाचनमा ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा ६ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन कार्यालय धादिङका कम्युटर अपरेटर राज बजगाईका अनुसार सोमबार राति ९ बजे सम्म ज्वालामुखी गाँउपालिकाको अध्यक्षमा विभिन्न दल साथै स्वतन्त्र उम्मेदवार सहित ६ जनाले मनोनयन दर्ता गराएको हो ।

नेकपा (एमाले)बाट एक जना, माओवादी केन्द्रबाट एक जना, नेकपा (एकिकृत समाजवादीबाट एक जना, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)बाट एक जना र स्वतन्त्र २ जना गरी हाल सम्म जम्मा ६ जनाले अध्यक्ष पदमा मनोनयन दर्ता गरेको निर्वाचन कार्यालय धादिङका कम्युटर अपरेटर बजगाईले दियोपोस्टलाई बताए ।

ज्वालामुखी गाउँपालिकामा समेत तिन दलिय गठवन्धनलाई लिएर निर्वाचनमा जाने निर्णय भएको थियो । निर्णयानुसार पालिकामा नेपाली काँग्रेसलाई अध्यक्ष दिने र एकिकृत समाजवादीलाई उपाध्यक्ष दिने बताईएको थियो तर गठबन्धनको विरोधस्वरुप मोओवादी केन्द्र र एकिकृत समाजवादीले नै अध्यक्ष पदमा मनोनयन दर्ता गरेको पाईएको हो ।

निर्वाचन कार्यालय धादिङका कम्युटर अपरेटर बजगाईका अनुसार पालिकाको उपाध्यक्षमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् । उनले भने,‘एमालेबाट एक जना, मोओवादीबाट एक जना, नेकपा(एस)बाट एक जना, राप्रपाबाट एक जना र स्वन्तत्रबाट एक जनागरी हालसम्म पाँच जनाले उपाध्यक्षको लागि मनोनयन दर्ता गराएको छ ।’

सोमबार(वैशाख १२) राति ९ बजेसम्म पालिकाभरबाट १२३ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालय धादिङका कम्युटर अपरेटर बजगाईका अनुसार अध्यक्षमा ६, उपाध्यक्षमा ५, वडाअध्यक्षमा ३२, वडा सदस्यमा २८, महिला वडा सदस्यमा १५ र दलित महिला वडासदस्यमा १२ गरि जम्मा १२३ जनाले मनोनयन दर्ता गराएका छन् । पालिकाभर जम्मा ७ वटा वडा छ ।

सम्बन्धित खबर