देशभरबाट एक लाख ४४ हजार बढीले दिए मनोनयन, कुन पदमा कति (सुचीसहित)

स्थानीय तह निर्वाचन २०७९

diyopost.com
दियो पोस्ट  मंगलबार, बैशाख १३, २०७९ | १३:४४:१८

काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै स्थानीय तहका लागि एक लाख ४४ हजार ४१६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले मंगलबार मध्यान्ह साढे १२ बजे सार्वजनिक गरेको विवरणअनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो ।

यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।

स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि निर्वाचन हुँदैछ । २०७४ को स्थानीय तहको निर्वाचनमा एक लाख ४४ हजार ४१६ जनाले उम्मेदवारी दिएका छन् ।

कुन पदमा कति उम्मेदवार ?

प्रमुखः ३ हजार ३७५

उपप्रमुखः २ हजार ६९

अध्यक्षः ३ हजार ३३४

उपाध्यक्षः २ हजार ३६४

वडाध्यक्षः ३३ हजार ७९७

महिला सदस्यः २३ हजार ७९२

दलित महिला सदस्यः २२ हजार ४४०

खुला सदस्यः ५२ हजार २४५

आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

सम्बन्धित खबर