गठबन्धन उम्मेदवारविरुद्ध धादिङ धुनीबेसीको मेयरमा कांग्रेस नेताको बागी उम्मेदवारी

दियो पोस्ट  

धादिङ । सत्ता गठबन्धनबाट धुनीबेसी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले प्रमुख पद पाएपछि कांग्रेसको असन्तुष्ट समूहबाट बागी उम्मेदवारी दर्ता गराउका छन् ।

समाजवादीका बालकृष्ण आचार्यले गठबन्धनको तर्फबाट धुनीबेसीको प्रमुखमा उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेसका असन्तुष्ट समूहबाट एकराज गजुरेल (कुबेर) ले प्रमुखमै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

सो नगरपालिकामा समाजवादीले पाएको ४, ५ र ६ नम्बर वडाको अध्यक्षमा पनि कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिइएको छ । सुरेश गुजरेलले ४, विशाल भट्टराईले ५ र राजकुमार बानियाँले ६ नम्बर वडाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । तालमेलका क्रममा गठबन्धनले ती वडा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो ।

स्थानीय आवश्यकता विपरीत तालमेल गरिएको भन्दै असन्तुष्ट कांग्रेस नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । धुनीबेसीको उपप्रमुखमा कांग्रेसबाट सुरज उप्रेती उम्मेदवार रहेका छन् ।

सिफारिस