एमालेबाट ललितपुर महानगरको उपमेयरमा उठेका उम्मेदवारविरुद्ध उजुरी

diyopost.com
दियो पोस्ट  मंगलबार, बैशाख १३, २०७९ | १६:४७:३६

काठमाडैं । ललितपुर महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी नेकपा एमालेका मञ्जली शाक्यविरुद्ध उजुरी परेको छ ।

मंगलबार ललितपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाउलाखेल पुगेर ज्ञानबहादुर खड्गीले शाक्यविरुद्ध उजुरी दिएका हुन् ।

२०७४ को प्रदेशसभाको समानुपातिक निर्वाचनको बन्दसूचीमा माओवादी केन्द्रका तर्फबाट शाक्यको आदिवासी जनजाति महिला सूचीमा १४ नम्बरमा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

बन्दसूचीमा नाम भएकाले उम्मेदवार हुनुअघि नै बन्दसूचीबाट नाम हटाउनुपर्छ । उजुरी परेपछि निर्वाचन कार्यालयले आवश्यक काजगपत्र ल्याउन शाक्यलाई भनेको छ ।

भोलि र पर्सि मनोनयनपत्रमाथि जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । पर्सि १५ वैशाख बेलुकी पाँच बजेसम्ममा मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

सम्बन्धित खबर