छुट्टाछुट्टै ठाउँबाट जबरजस्ती करणीको आरोपमा ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट जबरजस्ती करणीको आरोपमा ३ जना पक्राउ परेका छन् । ललितपुरमा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने ३५ वर्षीय आशीष थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । । थापाले ती महिलालाई २०७९ फागुन १२ गते राति ललितपुर टिकाथलीस्थित पीडितकै कोठामा जबरजस्ती गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सादोबाटोबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी बर्दियामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । ठाकुरबाबा नगरपालिका–६ तुल्सीपुर बस्ने २४ वर्षीय बिनोद परियार र २० वर्षीय नवराज परियारलाई गएराति प्रहरीले पक्राउ गरेको हो । उनीहरूले ती किशोरीलाई ललाई फकाई गरी भे.१०प ५५२ नम्बरको मोटरसाइकलमा राखी सोही नगरपालिका–७ बठनपुरस्थित जङ्गलको छेउमा रहेको मचानमा लगि जबरजस्ती करणी गरेको पीडितले जनाएकी छिन् । उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बकुवा र ईलाका प्रहरी कार्यालय भुरिगाउँ बर्दियाबाट खटिएको प्रहरीको टोलीले दुवै जनालाई उक्त मोटरसाइकलसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।