कामिरिताले तोडे आफ्नै किर्तिमान : २९ औँ पटक सगरमाथाको सफल अरोहण

दियोपोस्ट संवाददाता  

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सर्वाधिक अरोहण गरेर किर्तिमानी कायम गरेका कामीरिता शेर्पाले फेरी अर्को किर्तिमान कायम गरेका छन् । यसअघि २८ औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल अरोहण गरेका उनले फेरी एक पटक सगरमाथाको सफल अरोहण गरेर २९ औँ पटक कायम गरेका छन् ।

पर्यटन व्यावसायी टासी लाक्पा शेर्पाका अनुसार कामिरिताले आज आइतबार विहान नेपाली समय अनुसार ७ बजेर २५ मिनेट जाँदा उनी सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् ।
सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।
हालसम्म उनको किर्तिमानी कसैले तोड्न सकेको छैन ।