सल्बलाउँदै सुन तस्कर : भूकम्पका बेला यसरी भयो सुन तस्करी

दियो पोस्ट  


सिन्धुपाल्चोक, वैशाख १९ । गत वर्षको विनाशकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका हुँदै अवैध रुपमा राजधानी लैजाँदै गरेको १८ किलो सुन प्रहरीले शुक्रबार बरामद गर्‍यो । बा.९ च १४६३ नम्बरको जिपमा लुकाएर लगिएको सुन विशेष सुराकीका आधारमा बरामद गरिएको प्रहरीले जनाएको छ । अवैध सुनसहित तातोपानी–३ का ३४ वर्षीय साङ्गे शेर्पा, तातोपानी–३ कै ३७ वर्षीय मिङमार शेर्पा र मेलम्ची नगरपालीका–८ की २४ वर्षीया विमला थापा पक्राउ परेका छन् ।

arested gold


स्रोतका अनुसार भूकम्पपछि तातोपानी नाकाबाट अवैध सुनको कारोबार धेरै भएको छ, तर पक्राउ परेको भने यो पहिलोपटक हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रवीन्द्र केसीका अनुसार बरामद गरेको उक्त सुन बिदा सकिएपछि सोमबार राजस्व अनुसन्धान विभागमा बुझाइनेछ ।

को हुन साङ्गे, मिङमार र विमला ?

पक्राउ परेका अभियुक्तहरु
पक्राउ परेका अभियुक्तहरु

 

१८ किलो सुनसहित पक्राउ परेकामध्ये एक, हुन् साङ्गे शेर्पा । उनी कमै मात्रामा तातोपानी बस्छन् । तातोपानीका एक स्थानीयका अनुसार साङ्गेले पहिलोपटक यस्तो काम गरेको बताउँछन् । साङ्गेको पढाइ राम्रो छ । उनी काठमाडौं बसेर अध्ययन गर्थे ।
जिपचालक साङ्गेका दाजु हुन् मिङमार । स्थानीयका अनुसार उनी ‘लामा विद्या’ पढ्नका लागि इन्डियामा केही समय बसे । शेर्पाद्वय हुनेखानेकै परिवार हुन् । स्रोतका अनुसार भूकम्पअघि उनीहरूको तातोपानीमा रहेका घर र सटर भाडाबाट मासिक २÷३ लाख आम्दानी हुने थियो । शेर्पाद्वयका बुबा तातोपानीमा समाजसेवीको रुपमा चिनिन्छन् । त्यस्तै, पक्राउ परेकी विमला थापा मेलम्ची–८ गिरानचौरकी हुन् । सामान्य परिवारकी विमला तातोपानीपारिको लिपिङ बजारमा काम गर्ने स्रोतको भनाइ छ ।

नेपालीलाई खासा जान रोक लगाइएको थियो । तातोपानीसम्मको सडक भत्कियो, बिस्तारै सडक मर्मत हुँदै सुचारु भयो । त्यसबीचमा तस्करहरूले विभिन्न उपाए गरेर चीनबाट नेपाल भित्रिएको सुन काठमाडौं लगे । तस्करहरूले त्यसबीचमा उद्धारमा आएको हेलिकप्टर प्रयोग गरेर अवैध सुन काठमाडौं लैजाने गरेको स्रोतको दाबी छ । त्यसपछि तस्करहरूको समूहले राहत ल्याउने नाममा हेलिकप्टरबाटै अर्बौं रुपैयाँ बराबरको सुन राजधानी लगेको तातोपानीका एक स्थानीयले नाम नखुलाउने सर्तमा बताए । तस्करहरूले अझै हेलिकप्टर लिएर घरको सामान लैजाने क्रममा पनि सुन लैजान्थे । त्यसपछि विनाशकारी भूकम्पले सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको सिन्धुपाल्चोकमा विभिन्न आइएनजिओ र एनजिओेहरू आए । ती संस्थाहरूले राजनीति दलसँग समन्वय नगरी काम गर्न कठिन थियो । तस्करहरूको समूहले राजनीतिक आडमा आइएनजिओ र एनजिओेको गाडी प्रयोग गरेर अवैध सुन राजधानी जाने गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार भूकम्पपछि जिल्लामा भिआइपीहरूको लर्को लाग्यो, तस्करहरूले सुन सबैभन्दा बढी त्यही बेलामा नेताहरूको गाडी प्रयोग गरेर काठमाडौं लगे ।


ढिला सूचना दिनुको यस्तो छ कारण
प्रहरीले सुन बरामद गरेको दुई–चार घन्टापछि मात्र जानकारी गराउने गर्छ । किनकि बरामद सुनको कमिसनबापत बरामद गर्ने वा सूचना दिने व्यक्तिको नाम बरामद गर्नुपूर्व नै राजस्व अनुसन्धान विभागमा जानकारी गराएपछि मात्र सुनको कमिसन पाइन्छ । त्यसैले प्रहरी बरामद गरेको केही घन्टापछि मात्र बरामद गरेको सञ्चारकर्मीलाई जानकारी गराउँछ । स्रोतका अनुसार शुक्रबार दिउँसो साढे २ बजे सुन बरामद गरे पनि प्रहरीले साढे ४ बजे सुन बरामद गरेको बताएको छ । तर इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले त्यो सबै अफवाह फैलाएको मात्रै बताए । ‘हामीले ४ बजेर ५० मिनेटमा बरामद गरेका हौं,’ पाण्डेले भने ।

भूकम्पपछि कसरी पुग्थ्यो राजधानीमा अवैध सुन


विनाशकारी भूकम्पपछि लामो समय तातोपानी नाका बन्द भयो । नेपालीलाई खासा जान रोक लगाइएको थियो । तातोपानीसम्मको सडक भत्कियो, बिस्तारै सडक मर्मत हुँदै सुचारु भयो । त्यसबीचमा तस्करहरूले विभिन्न उपाए गरेर चीनबाट नेपाल भित्रिएको सुन काठमाडौं लगे । तस्करहरूले त्यसबीचमा उद्धारमा आएको हेलिकप्टर प्रयोग गरेर अवैध सुन काठमाडौं लैजाने गरेको स्रोतको दाबी छ । त्यसपछि तस्करहरूको समूहले राहत ल्याउने नाममा हेलिकप्टरबाटै अर्बौं रुपैयाँ बराबरको सुन राजधानी लगेको तातोपानीका एक स्थानीयले नाम नखुलाउने सर्तमा बताए । तस्करहरूले अझै हेलिकप्टर लिएर घरको सामान लैजाने क्रममा पनि सुन लैजान्थे । त्यसपछि विनाशकारी भूकम्पले सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको सिन्धुपाल्चोकमा विभिन्न आइएनजिओ र एनजिओेहरू आए । ती संस्थाहरूले राजनीति दलसँग समन्वय नगरी काम गर्न कठिन थियो । तस्करहरूको समूहले राजनीतिक आडमा आइएनजिओ र एनजिओेको गाडी प्रयोग गरेर अवैध सुन राजधानी जाने गरेको स्रोतको भनाइ छ । स्रोतका अनुसार भूकम्पपछि जिल्लामा भिआइपीहरूको लर्को लाग्यो, तस्करहरूले सुन सबैभन्दा बढी त्यही बेलामा नेताहरूको गाडी प्रयोग गरेर काठमाडौं लगे ।

पक्राउ परेको कार
पक्राउ परेको कार

१८ किलो सुन यसरी भित्रियो

 

१३ साउन ०७० देखि शुक्रबारसम्म १८ किलो गरी ८३ किलो ६ तोला १८ आना बरामद गरेको जिल्ला प्रहरी कार्यालयमा रेकर्ड छ ।


 

तातोपानी नाका बन्द रहेका बेला पनि चिनियाँ प्रहरी विपत्तिमा परेका नेपालीलाई सहयोग गर्न नेपालतर्फ आउँथे, योबीचमा तातोपानीका केही मानिसको राम्रै चिनजान भयो ।

अहिले सहज नभए पनि नाका खुला रहेको छ । त्यही मौका छोपेर तस्करहरूले सुन भित्र्याएको स्रोतको दाबी छ । स्रोतले भन्यो, ‘त्यो १८ किलो सुन केही दिनअघि मात्र नेपाल आएको आएको हो ।’ नाका सम्बद्ध व्यापारीको अबौं मूल्य बराबरको सामान खासामा अलपत्र परेको भन्दै चौतर्फी दबाब आउन थालेपछि केही दिन अघिदेखि नाका सुचारु भएको थियो । उक्त सुन भूकम्पअघि नै तातोपानीमा रहेको स्रोतको भनाइ छ ।
१३ साउन ०७० देखि शुक्रबारसम्म १८ किलो गरी ८३ किलो ६ तोला १८ आना बरामद गरेको जिल्ला प्रहरी कार्यालयमा रेकर्ड छ ।