पूर्ववाइसिएल ‘सागर’को नारामा रुक्मांगत कटुवालदेखि बाबुरामसम्मको एक्यबद्धता

दियो पोस्ट  

काठमाडौं, २० वैशाख । एमाओवादी परित्याग गरि अनसनमा बसेका वाईसिएलका पर्व नो चन्द्र बहादुर थापा ‘सागर’लाई भेट्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि पूर्व प्रधानसेनापति रुक्मांगत कटवालसम्म पुगेका छन् । युवालाई देशमै रोजगारी व्यवस्था गर्न भन्दै राजधानीको खुल्लामञ्चमा अनसनमा बसेका सागरलाई भेट्न भट्टराई र कटवाल अनसन स्थलमै पुगेका हुन् । १२ जना युवाहरु संयुक्त अनसनमा रहेका बेला उनीहरु पुगेका हुन् ।
भेट्न पुगेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले बेरोजगारी समस्या नेपालको एक नम्बर समस्या भएकोले राज्यले पहिलो दायीत्व भएको बताए ।
उनले संविधानको मौलिक हकका रुपमा रहेको रोजगारीका लागि यूवाहरु आमरण अनसन बस्नुपर्ने अवस्था आउनु दुःखको कुरा रहेको बताए । ‘हाम्रा देशका यूवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने जुन नैसर्गिक अधिकार हो र अहिलेको यो संविधानले पनि यसलाई मौलिक हकको रुपमा स्थापीत गरीसकोके छ,’ उनले भने, ‘त्यसलाई कार्यान्वयन गराउनका लागि यूवाहरुले अनसन गर्नुभएको छ, त्यो ऐतिहासिक महत्वको छ, राज्यले पहिलो प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्छ ।’

पूर्व प्रधान सेनापति रुक्मांगत कटवालले नेपाली यूवाहरु आफ्ना न्यूनतम अनिवार्य आवस्यकताहरु पूरा गर्नका लागि पसलमा राखेको बस्तु जस्तै विक्री भईरहेको बताए । देशमा रोजगारी अभावका कारण नेपाली यूवाहरु बाँच्न र बालबच्चा पाल्नका लागि नेपालमा समस्या भएकोले नेपाली यूवाहर विक्री हुन बाध्य भएको उनको भनाई थियो ।
‘नेपालमा एकछाक खान, एक झुप्रो बस्न र शरीर ढाक्नका लागि नेपाली यूवाहरु पसलमा राखेको चिज जस्तै विक्री भईराखेको अवस्था छ’ खुल्लामञ्च पुगेर उनले भने, ‘यो सम्पूर्ण नेपालीहरुको अनिवार्य आवशयकता हो, राज्यसत्ता हातमा लिएर बसेका अरुले यी मागहरुलाई पूरा गरीदिउन निवेदन गर्न चाहन्छु । ’
यूवाहरुले अनसनमा उठाएको विषय कुनै भाषा, धर्म, भेगी, जाती वा राजनीति संग सम्बन्धित भएको नभई सम्पूर्ण नेपालीहरुको साझा समस्या भएकोले उनले समस्या समाधानका लागि सरकारसंग माग गरे । ‘नेपालीहरुको स्वाभिमान र राष्ट्रियताका लागि यी आधारभूत कुराहरु सबैले सुन्नुपर्छ ’ उनले भने । युवाहरुलाई भेट्न कांग्रेस युवा नेता रन्जित कर्ण र संसद जनकराज सापकोटा लगायत पुगेका थिए ।

सम्बन्धित खबर