काठमाडौं, २४ वैशाख । विहीबारको मध्यरातको एमाले र एमाओवादीको सम्झौतापति अन्ततः ओली सरकार जोगिएको छ । ओली सरकार जोगिँदा कांग्रेस तथा एमाओवादीकै कतिपय नेताहरु असन्तुष्ट छन् । तर एमाले कार्यकर्तामा भने खुसीयाली छाएको छ । विशेषगरी ओली समर्थीत कार्यकर्ता निकै खुसी छन् ।
विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सहमति हुँदै गर्दा राजधानीको एक रेष्टुरेन्टमा एमालेका केही नेताहरु ‘चयर्स’ गर्दै थिए । ठमेलमा रहेको ‘डिस्को इब्जा’मा उनीहरु मदिरामा मस्त थिए । युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष चन्द्र लामा युवाहरुकोबीचमा चियर्स गर्दै थिए ।
बीचमा देखिएका एमालेकै युवा संघका उपाध्यक्ष चन्द्र लामा हुन्
विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सहमति हुँदै गर्दा राजधानीको एक रेष्टुरेन्टमा एमालेका केही नेताहरु ‘चयर्स’ गर्दै थिए । ठमेलमा रहेको ‘डिस्को इब्जा’मा उनीहरु मदिरामा मस्त थिए । युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष चन्द्र लामा युवाहरुकोबीचमा चियर्स गर्दै थिए । यता अखिलका सचिव समिक बडाल पनि खुसीयाली मनाउन के कम ? उनी पनि अगाडी देखिए ।
‘फेरी अध्यक्षकै नेतृत्वमा सरकार रहने भएपछि हामी निकै खुसी थियौं,’ सहभागी एक युवाले दियोपोस्टलाई भने, ‘राती अबेरसम्म नै रमाईलो भयो, माओवादी र हाम्रो पार्टीबीचको सहमति पनि मध्यरातमै भयो ।’
एमाले भित्र ओली समुहमा रहेका यी दुवै नेता काभ्रेली हुन् । उनीहरुसँगै केही युवाहरुको जमात पनि थियो । दियोपोस्टलाई प्राप्त तस्विरहरुमा उनीहरु निकै खुसीमा रहेको देखिन्छन् ।
‘फेरी अध्यक्षकै नेतृत्वमा सरकार रहने भएपछि हामी निकै खुसी थियौं,’ सहभागी एक युवाले दियोपोस्टलाई भने, ‘राती अबेरसम्म नै रमाईलो भयो, माओवादी र हाम्रो पार्टीबीचको सहमति पनि मध्यरातमै भयो ।’
बीचमा रहेका सेतो सर्ट लगाउने, एमाले निकट अनेरास्ववियुका सचिव समिक बडाल हुन् ।
उपाध्यक्ष लामालाई यस विषयमा बुझ्न खोज्दा उनको मोबाईल स्वीच अफ थियो ।
समिक बडाललाई फोन गर्दा आफू उक्त स्थानमा नर्गको बताए । ‘म त्यो ठाउँमा गएको छैन,’ दियोपोस्टसँग कुरा गर्दै बडालले भने, ‘त्यो विषयमा मलाई केही थाहा छैन ।’