तानाशाहरुले फूल फुल्ने कोपिलाहरु टिप्न सक्छन् तर फूल फुल्ने समयलाई कदापि रोक्न सक्दैनन् ।” धादिङ जिल्लाको विकट उत्तरी क्षेत्र गुम्दी गा।वि।स वडा नं ७ सादल्दुम गाउँमा वुबा भिमप्रसाद सिंखडा र आमा प्रेमकुमारी सिंखडाको कोखबाट वि।स। २०२७ साल वैशाख १५ गते जन्मनु भएका गोविन्द सिंखडा २०३१ सालमा गुम्दी वडा नं ८ फलाङगेमा बसाई सरी बुबा आमासँगै फलाङ्गेमा बस्दै आउनुभएको थियो । अति मिलनसार, निडर, साहसी, समाजसेवी उहाँ अन्याय र अत्याचारको भण्डाफोर गरिहाल्ने स्वाभावका गोविन्द सिंखडा सबैको आँखाका नानी बनिरहनुभएको थियो ।
धादिङ जिल्ला क्षेत्र नं. १ को विकट गाविस गुम्दीमा जन्मनुभएका श्री कृष्णप्रसाद सिंखडा ९गोविन्द० को पारिवारीक जीवन पनि इतिहासमा सम्झन लायक एकाधहरुको जस्तै कठिनताका साथ अगाडी वढेको थियो । उहाँले प्राथमिक कक्षादेखि नि।मा।विसम्मको अध्ययन तामाङ खर्क मा।वि गुम्दीबाट सक्नुभएको थियो भने नि।मा।वि। पढ्दा विद्यालयका सम्पूर्ण नेतृत्व गर्दे शैक्षिक सुधार एवं विद्यालयको शैक्षिक क्षेत्रमा देखिएको विकृति, विसंगतीका विरुद्ध तथा जनवादी तथा व्यावहारिक शिक्षाको आवाज उठाउँदै अगाडी बढ्नु भएको थियो । माध्यमिक शिक्षा कक्षा ९ र १० काभ्रे जिल्लाको धुलिखेलमा लिन पुग्नु भएका सिंखडाले वि।सं। २०४७ सालमा काभ्रे धुलिखेलबाट प्रवेशिका पास गर्नु भएको हो ।
उहाँ घरको जेष्ठ छोरा हुनुहुन्थ्यो । घर परिवारले उहाँको भाइ बहिनीलाई पढाउन सकिरहेको थिएन । त्यसले गर्दा नै गोविन्दले आफ्नो पढाइको भन्दा भाइबहिनीको पढाई र घर परिवार सम्झे । अनि उत्पीडनमा परेको समाज त्यसमाथि पनि दुर्गम भुभागमा त्यहाँका फटाहा जालीहरुले सामन्ती सोच र संरचनामार्फत जनतामाथि गरिने शोषण दोहन उहाँलाई सह््य भएन र आफ्नो पढाईलाई त्यहिं रोकी समाज सेवा दिन आवाजविहिनहरुको आवाज बुलन्द गर्ने आँटका साथ ०४८ देखि समाज सेवाको क्षेत्रमा प्रवेश गर्नुभयो ।
धादिङ जिल्ला कै एक कर्तव्यनिष्ठ, अनुशासित, निडर एवं साहसी शिक्षकको रुपमा परिचित हुनु भएका सिंखडा ०५८ बैशाख १५ गते श्री साल्मेटार प्रा।वि।बाट श्री पञ्चकन्या प्रावि फलाङ्गे गुम्दीमा सरुवा भई विद्यालय सहायक शिक्षकको रुपमा आउनुभयो । ०६० माघबाट उक्त पञ्चकन्या प्रा।वि। गुम्दीको प्राध्यानाध्यापक जस्तो गरिमामय पदमा रहेपछि पञ्चकन्या प्रा.वि.लाई धादिङ उत्तरी क्षेत्रको प्रा.विहरुको सरकारी र स्थानीय लगानी र सहयोगको अनुपातमा भौतिक सुधारको क्षेत्रमा नमुना प्रा.वि.को रुपमा देखाउँदा विद्यार्थी र अभिभावकहरुले उहाँको क्षमताको विशेष सम्मान गरेका थिए । कोहि उत्पीडनमा पर्नु हुदैन, समाजमा सबैको समान अधिकार हुनुपर्छ । धनी र गरीबबीचमा बढिरहेको अनावश्यक दुरी अन्त्य गर्ने महान कार्य संघर्षबिना संभव छैन भनेर हरबखत अन्याय र अत्याचारको विरुद्धमा उभिनुहुने कृष्णप्रसाद सिंखडा समाजका सबै मानिसबीच देखापर्ने मनमुटाव, झगडा र अन्तरविरोधहरुलाई गाउँ वाहिर आउन नपाउँदै हल गरिदिनु हुन्थ्यो । हरेक मानवीय सहयोग उहाँको निश्वार्थ र पूर्वग्रहरहित स्वाभाव भएका कारण हरेक अन्यायमा परेका मान्छे बिरामीले डाक्टर खोजेजस्तो गोविन्दलाई खोज्दथे । ‘‘देशबाट अन्याय, अत्याचार, भ्रष्टचार, शोषण हटाउन एवं देश र जनताको मुक्तिको लागि हामी निरन्तर अगाडि बढ्नुपर्छ ” भन्ने गोविन्द समाजमा लोकप्रिय हुनु साँच्चै निस्वार्थ भावना र समाजसेवाकै प्रतिफल थियो ।
०५६ सालमा मैत्रेय सामाजिक स्वावलम्बन बचत तथा ऋण सहकारी गुम्दी, धादिङको सहसचिव, त्यसै गरी ०५७ सालमा नेपाल रेडक्रस सोसाइटी गुम्दी उपशाखाको आजिवन सदस्य रही ०५८ जेष्ठ ५ गतेदेखि उपशाखा कार्य समितिको सचिव पदमा निर्वाचित हुनुभएको थियो । रेडक्रस जस्तो सामाजिक संस्थामा प्रवेशपछि समाजले चाहेजस्तो सहयोग उहाँबाट निरन्तर हुन थाल्यो । उहाँ ०६० देखि ने।रे।सो। जिल्ला शाखा धादिङ अन्तर्गत उत्तरी क्षेत्र दिईयो । सल्यानकोट बगुवाको सञ्चालक समितिका सचिव बनेपछि धादिङका जनतामाझ गोविन्द लोकप्रिय बन्दै जानुभयो ।
‘इतिहासमा त्यस्ता मान्छेहरु अमर रहन्छन् । जो देश र जनताको मुक्तिका खातिर बलिदानी गर्न तत्पर हुन्छन् ’’ जस्ता महान भनाई राख्ने गोविन्द सिंखडा जति समाजमा लोकप्रिय बन्दै जानु भएको थियो । त्यति नै समाजका खराब मान्छेहरु, भ्रष्टाचारी, सामन्त, दलालहरुलाई मन परेको थिएन । हरक्षण उनीहरु गोविन्दको बिरुद्ध बोल्थे तर समाजले बोल्न दिदैनथ्यो ।
सामाजिक सेवामा लागेको मान्छे राजनीतिबाट कसरी टाढा हुन सक्छ र रु धादिङ जिल्लाको शिक्षक संघर्ष समितिले आव्हान गरेको लाइसेन्स प्रकरणको आन्दोलनमा पनि यो व्यावहारिक छैन भन्दै विद्यार्थी शिक्षक एवं अभिभावकको हितमा अगाडि बढेको अस्थाई शिक्षक संघर्ष समितिको सचिव पदमा रही शैक्षिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सिंखडा अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति धादिङको कोषाध्यक्ष पनि हुनुभयो ।
जब गोविन्द शैक्षिक क्षेत्रमा प्रवेश गर्नुभयो तब जिल्लाको मात्रै नभई देशै भरिको कर्मठ बौद्धिक जगतका व्यक्तिहरुसँग सहकार्य हुन थाल्यो, तब जिल्लाका तानाशाह प्रवृत्तिका मान्छेहरु जसले बर्षौैंदेखि गाउँ गाउँमा एकाधिकार जमाई गरिब जनतालाई अन्यायमा पारी श्रमशोषण, जातिय भेदभाव, दमन, अत्याचार गर्न पल्केका मान्छेहरुका मुटुहरु काम्न थालिसकेका थिए भने अर्कोतिर उहाँको विरुद्ध जाइलाग्ने सामन्ती तत्व गाउँ छाडी शहर पस्न थाले । फलस्वरुप उहाँको बिषयमा नेकपा एमाले मातहतको सरकारमा व्यापक छलफल भएको बुझिन्छ । यस्ता महान मान्छेलाई समाजले त्यहाँ माथि गुम्दीका जनताले संरक्षण गर्दागर्दे पनि सोझै राज्यले त्यतिबेलाको शाही सेनाभित्रका हत्यारा जल्लादहरु पठाई निर्मम यातना दिएर धादिङबासी जनसमुदायहरुको भावनाविपरित उहाँलाई पक्राउने काम ग¥यो। धादिङ जिल्लाकै समाजसेवी, जनप्रेमी, अन्याय अत्याचार बिरोधी व्यक्तिको रुपमा स्थापित गोविन्द सिंखडालाई केहि खराब व्यक्तिले रिपोर्ट गरे अनुसार पञ्चकन्या प्रा।वि।मा पढाई रहेको बेला साना बालबालिकाहरुको बालमस्तिष्कमा असर पर्नेगरी ०६९ साल जेष्ठ २ गते त्यतिबेलाको शाही सुरक्षाफौजले गिरफ्तार ग¥यो र निर्मम यातना दिई आठ महिना शाही सुरक्षाफौजको यातना पछि २०६९ सालमा सर्वोच्चको आदेश बमोजिम तारेखमा रिहा हुनु भएको थियो । मान्छे मारेर आफ्नो हैसियत बृद्धि गर्न पल्केका त्यतिबेलाका शाही नरपिचासहरुले नेपाल आमाका ते¥ह हजारभन्दा बढी छोराछोरी मारिसकेका थिए । एउटा गोविन्द सिंखडालाई हत्या गर्नु कुनै नौलो भएन । फलस्वरुप मिति २०६२। १। २७ गते बिहान ९ः३० बजे विद्यालय जाने तयारी गर्दैगर्दा आफ्नै घरबाट सेनाले गिरफ्तार गरि निर्मम यातना दिंदै बीच बाटोमा पु¥याएर मान्छेको ज्यान मारी आफ्नो हैसियत बढाउने शाही सेनाका मान्छेहरुले आफ्नो ड्रेस सिंखडालाई लगाई गाउँ डुलाएका थिए । बैशाख २८ गते बिहान फूलखर्क गाविसको वडा नं २मा पर्ने मनटारी भन्ने ठाउँको सल्लाघारि चौरमा खाडल खनी उत्तानो पारी खाडलभित्रै तिन राउण्ड गोलि हानी विभत्स हत्या गरेर पुरेका थिए । खोजतलास गरी खाडल खोतलेर हेर्दा हातको चोर औला ठडिएको थियो र औलाको संकेतले हत्याराहरु एवं तानाशाहीहरुलाई खबरदारी गरेर मलाई माओवादीको आस्थावान् भन्दै मारेका छौ १ म जस्ता हजारौ मान्छेहरु माओवाद र प्रचण्डपथमा लामबद्ध हुनेछन् भन्ने आभास हुन्थ्यो । उहाँलाई खाडलमा राखी गोली हान्नु पूर्व नै हात भाँचिएको शरीरभरी निल डाम र चोट लाग्ने गरी यातना दिएको मृत शरीर हेर्दा जो कोहीले पनि अनुमान लगाउँथे ।
जब गोविन्दको भौतिक शरीरलाई गाउँलेहरुले गोली हानेर मारेको फेला पारे तब जनताहरु आक्रोशित बने तर के गर्नै हतियारले मत्ता बनेका शाही सेनाले पटक पटक जनतालाई दुःख दिदै आए पनि साधारण गाउँलेहरुले प्रतिरोध गर्न सकेनन् । तर हरक्षण जनताहरुको मुक्तिका लागी लड्दै आएको जनमुक्ति सेनाले जनताको चिच्याहट सुन्यो र गोविन्द सिंखडाको हत्याको बदला लिने योजना बनाई हत्याराहरुको खोजिमा निस्कियो । माओवादीको खम्बा ढालियो भन्दै गाउँले चेलिहरुलाई जिस्क्याउँदै फूलखर्कबाट गोविन्दलाई हत्या गरी झरेका शाही सुरक्षा फौजलाई जनताको सुःख दुःखमा रमाउँदै अगाडि बढेको जनमुक्ति सेनाले किन्ताङफेदी र डी बजारबीच आँखुखोलाको तिरमा चौतर्फि आक्रमण गरी शाही फौजको नेतृत्व गर्ने क्याप्टेन सहित चार जना मारिएपछि गोविन्द सिंखडाका हत्याराहरुको भागदौड मच्चिएको थियो । जनमुक्ति सेनाले शाही सरकार र शाही सेनाका बिरुद्ध नारा लाइरहेको बेलामा भएको यो सफल आक्रमणलाई जनताले स्वागत गरेका थिए ।
स्मरणीय के छ भने आज पनि महान सहिदका रुपमा स्थापित गोविन्द सिंखडाबाट समाज सेवामा होस् या शिक्षण पेशामा जहाँसुकै रहेर पनि देश र जनताको निम्ति सास रहुन्जेल संघर्ष गर्न पाठ सिक्नुपर्ने देखिन्छ । गुम्दीका जनताहरु माझ मात्र होइन देशभर तमाम गोविन्दजस्ता मान्छे मारिएको प्रति आम माफी माग्दै हालको नेपाली सेना अगाडी बढ्न सकेमात्र र यती मात्र होइन, दोषीउपर जनताले माग गरेअनुसार कडा भन्दा कडा कारबाही गर्न सक्नुपर्दछ । नत्र सेनाको नाम मात्र फेरेर जनता त्रासबाट मुक्त हुन सक्ने छैनन् । अन्तमा गोविन्द सिंखडा लगायत सम्पूर्ण महान सहिदहरुमा स–सम्मान लालसलाम ।