अकस्मात सोध्छिन् रे, ‘मलाई जुत्ता किनिदिने कहाँ छिन् ?’

diyopost.com
bestnp   शुक्रबार, बैशाख ३१, २०७३ | ६:४८:०४

काठमाडौं, ३१ वैशाख । ‘छ अधुरो चाहना मेरो आमालाई हँसाउने…’ यो गीत सुन्दा अञ्जना शाह रावलको आँखामा आँसु आउँछ । तर, जब आफ्ना कारण कसैको अनुहारमा मुस्कान देखिन्छ, त्यहाँ अञ्जनाको खुसीको सीमा हुँदैन । त्यस्ता धेरै घटना छन्, जसको सम्झनाले कहिलेकाहीँ अञ्जना औधि खुसी हुन पुग्छिन् । जाजरकोटको खलंगामा जन्मेकी रावल समाजसेवी र राजनीतिक कार्यकर्ता हुन् । अनि, कोमल मनकी खानी हुन् । उनले सहयोग गरेका घटना धेरै छन् । ‘कसैलाई सहयोग गरेपछि उसको अनुहारमा देखिने चमकले मलाई आनन्द दिन्छ,’ अञ्जना भन्छिन्, ‘म खुसी हुनका लागि साना कुरा नै काफी छन् ।’ दियोपोस्टको स्तम्भ ‘खुसी’का लागि अञ्जनाले केही घटना यसरी सुनाइन् ।

 

उनको हाँसो देखेर त्यतिबेला निकै खुसी लागेको थियो । त्यो सम्झँदा अहिले पनि खुसी लाग्छ । उनले अहिले पनि कहिलेकाहीँ अकस्मात मेरो कुरा गर्छिन् रे, ‘मलाई जुत्ता किनिदिने कहाँ छिन् ?’
उनलाई फेरि भेट्ने मन छ ।


घटना – १
जाजरकोटको खलंगामा नातेदारको घरमा बसिरहेकी थिएँ । एक महिला आइन् । एकदमै ठूलो भारी बोकेकी थिइन् । तर, खुट्टामा चप्पल थिएन । कपडा पूरै च्यातिएको थियो । म जुन घरमा थिएँ, त्यस घरको मान्छेलाई उनी हेपेर बोल्दै थिइन् । उनले मानसिक सन्तुलन गुमाएकी रहिछन् । उनले मलाई, ‘यो को हो ? कहाँबाट आई ?’ भनेर सोध्दै थिइन् । मैले आफ्नोबारे बताएँ । र, सोधेँ, ‘तिमीलाई मैले जुत्ता किनिदिएँ, भने तिमी लगाउँछ्यौ ?’
उनले लगाउने बताइन् । मैले एकजोर जुत्ता र कपडा किनिदिएँ, उनी निकै खुसी भइन् । उनको हाँसो देखेर त्यतिबेला निकै खुसी लागेको थियो । त्यो सम्झँदा अहिले पनि खुसी लाग्छ । उनले अहिले पनि कहिलेकाहीँ अकस्मात मेरो कुरा गर्छिन् रे, ‘मलाई जुत्ता किनिदिने कहाँ छिन् ?’
उनलाई फेरि भेट्ने मन छ ।

kamal rawal and familly


घटना– २
म नेपाल वान टेलिभिजनमा काम गर्थें । मसँग पैसा थिएन । के कामले हो, म रत्नपार्कतिर पुगेछु । मसँग पाँच सय रुपैयाँ भने थियो । बसपार्क एउटी महिला चित्कार्दै थिइन् । म नजिक गएँ । र, बुझेँ । उनी करिब २८/३० की थिइन् । उसलाई श्रीमानले गाउँबाट ल्याएर बसपार्कमा छाडिदिएको रहेछ । उनलाई आफ्नो श्रीमान आफूलाई अलपत्र पारेर कहाँ गए भन्ने नै थाहा थिएन । उनी बाटोमा रुँदै थिइन् । उनलाई घरसम्म जान भाडा चाहिएको रहेछ । मसँग भएको ५ सय रुपैयाँ दिएँ, अनि म स्कुटर चढेँ । अलि पर पुगेँ, मन फर्कियो । त्योभन्दा उता जानै मनले मानेन । मसँगै साथी पनि थिई । उसँग पैसा सापट मागेँ । ‘तिमीसँग एक हजार छ भने मलाई सापटी देऊ, म पछि फिर्ता गरौंला । अहिले ती बहिनीलाई दिन पाइयो भने ऊ घरसम्म जान सक्छे,’ मैले भने । तर उसले जवाफ लगाई, ‘तपाईं आफैँ भिखारी, तपाईंसँग भएको सकिइसक्यो किन दिने ?’ मैले थप सहयोग गर्न पाइनँ । त्यो घटना म अझै पनि सम्झिरहन्छु ।

घटना– ३
एक बिहान म महाराजगन्जमा श्रीमानसँग हिँडिरहेकी थिएँ । एउटा लोग्नेमान्छेले आफ्नी श्रीमती बोकेर, हिँडिरहेको थियो । श्रीमतीको खुट्टामा ब्यान्डेज थियो । मसँग २५० रुपैयाँ मात्रै रहेछ, मैले त्यो उसलाई दिएँ । मलाई केही सोध्न मन लागेन । किनभने, त्यो माया अमूल्य थियो । उनीहरूको मायाले मलाई पछिसम्म पिरोली रह्यो । त्यही बाटोमा उनीहरू फेरि भेटिन्छन् कि भनेर मैले पटक–पटक चियाएँ । धेरैपछि उनीहरू दुवैको तस्बिर पत्रिकामा आयो ।

घटना ४
नेपालगन्जको टीकापुरमा हामी घरायसी कारणले गएका थियौं । बेलुका साँझमा म र मेरो दउरानी घुम्दै गयौं । एउटा पसलमा जाने कुरा भयो । देउरानीले ‘मैले चिनेको मान्छेकहाँ जाउँ दिज्यू’ भनिन् । त्यहाँ उसले कुर्ता सलवार मन पराइन् । त्यहाँ एउटा दृश्य देखेँ । मैलो सेतो लुगा लगाएकी, कपाल नकोरेकी महिला कपडाको मोलतोल गर्दै थिइन् । उनले किन्न खोजेको कपडालाई मिटरको दुई सय पर्दोरहेछ । तर, उनीसँग एक सय ९० रुपैयाँ मात्रै रहेछ । साहुजीले २०० भन्दा एक रुपैयाँ पनि नघटाएपछि उनी अँध्यारो बनिन् । ‘त्यो कपडा उहाँलाई दिनुस्,’ मैले साहुजीलाई भनेँ, ‘अर्को दुईवटा कपडा पनि दिनुस्, त्यसको पैसा म तिर्छु ।’

 

त्यसपछि उनले मेरो हात समातिन् र रुन थालिन् । डोटेली भाषामा बोलेकी थिइन् । मैले बुझेअनुसार उनको दुःख निकै ठूलो रहेछ । एक वर्षको हुँदा उनकी आमा बितेकी रहेछिन् । पछि बिहे भएपछि श्रीमानले निकै माया गर्थे रे । श्रीमान पैसा कमाउन भारत गए छन् । मजदुरी गरेको पैसाले टीकापुरमा जग्गा किनेछन् ।


त्यसपछि उनले मेरो हात समातिन् र रुन थालिन् । डोटेली भाषामा बोलेकी थिइन् । मैले बुझेअनुसार उनको दुःख निकै ठूलो रहेछ । एक वर्षको हुँदा उनकी आमा बितेकी रहेछिन् । पछि बिहे भएपछि श्रीमानले निकै माया गर्थे रे । श्रीमान पैसा कमाउन भारत गए छन् । मजदुरी गरेको पैसाले टीकापुरमा जग्गा किनेछन् । र, श्रीमतीलाई डोटीबाट ल्याएर टीकापुरमा राखेछन् । जग्गाका लागि २ लाख ५० हजार बैना दिएर भारत फर्किएछन् । दुर्भाग्य रेल कुर्दा उसको ज्यान गएछ । उता, श्रीमानको मृत्यु यता श्रीमानको पसिनाले बैना तिरेको जग्गा साहुले पनि प्रमाण खोज्यो र जग्गा नै दिन मानेन । उनको श्रीमान, जग्गा र पैसा गुमेको रहेछ । उनले आत्महत्या गर्नेसम्म सोचेकी रहिछन् ।

Anjana 2



मैले उनलाई जग्गा फिर्ता गर्न सहयोग गर्छु भनेँ, तर कसैले पत्याएनन् । उनको साहुलाई फोन गरेर बोलाएँ । तर, उनी मैले बोलाएको समयमा आएनन् ।
मैले मेरो श्रीमानलाई पनि बोलाएँ । श्रीमान नेपाली सेनामा हुनुहुन्थ्यो । त्यसैले मैले उहाँको सहयोगको अपेक्षा गरेँ । तर, उहाँले पनि ‘यस्ता भिखारी त कति हुन्छन् कति, म आउँदिनँ’ भन्नुभयो ।
त्यसपछि म ती महिलालाई लिएर प्रहरी चौकी गएँ । संयोगवश प्रहरी चौकीमा ठकुरी इन्सपेक्टर नै पर्नुभएछ । उनी अछामका रहेछन् । मेरो नातेदार पनि रहेछन् । ‘हेरिबक्सियोस्, हजुरको राज्यमा गरिबले दुःख पाइरहेको छ, यस्तो बेला हजुरले सहयोग गर्नुपर्यो । हजुरले मलाई सम्झेर सहयोग गर्नुप¥यो,’ मैले भने । प्रहरी टोली मुभ भयो, उनको साहुलाई लिएर आयो । ती साहु चौधरी रहेछन् ।
सुरुमा उनले पैसा दिन राजी भएनन् । उनीसँग पैसा पनि रहेनछ । त्यही जग्गा बेच्नुपर्ने भयो । र त्यो काम तीन दिनभित्र सक्नुपर्ने बाध्यता थियो । ती महिलाले ७/८ महिनाको बच्चा डोटीमा छोडेर आएकी थिइन् । ‘धेरै ढिला गर्‍यो भने मेरो बच्चा मरिहाल्छ’ उनी भन्दै थिइन् । यता, जग्गा किन्ने मान्छे भेटिएन । मसँग त्यो जग्गा किन्न सक्ने पैसा थिएन । काठमाडौंमा साथीलाई फोन गरेँ । र, त्यो जग्गा मैले किन्ने भएँ । चौधरीले मसँग पैसा लिएर त्यो दिदीलाई दिए । मैले लिएको जग्गा बिकेन । झन्डै चार वर्षपछि एक लाख घाटामा बिक्री भयो । यो घटनाले मलाई धेरै नै आत्मसन्तुष्टि दिन्छ ।

सम्बन्धित खबर