नेपालको राष्ट्र भाषा ‘हिन्दी’ भन्दै भारतीय टिभीले यसरी दुष्प्रचार गरिरहेछ..(भिडियो सहित)

दियो पोस्ट  

काठमाडौं, ८ जेठ । भारतले नेपालमाथि पटकपटक हस्तक्षेप गरिरहेको छ । कहिले राजनीतिक रुपमा प्रत्यक्ष गरिने हस्तक्षेप न कहिले सिमामा नेपालीहरुलाई गरिने दुव्र्यबहार । पछिल्लो समय भारतीय पक्षले गरेका अघोषित नाकाबन्दीले भारतदेखि नेपाली जनता आक्रोशित छन् । यसैबीच भारतले गुगल गर्ल भनेर दाबी गर्दै आएको एक बालिकाले नेपालको राष्ट्रिय भाषा हिन्दी हो भन्दै दिएको उत्तरको भिडियो प्रशारण गरेको छ । उक्त भिडियोमा गुगल गर्ल बताउँने मेघाली माल्भिका स्वाईनलाई प्रश्न कर्ताले नेपालको राष्ट्रिय भाषा कुन हो भनेर प्रश्न गर्दा उनले ‘हिन्दी’ भनेर उत्तर दिएकी थिईन । उनको उत्तर सहि भएको भन्दै निर्णयककर्ता र पत्रकारले ताली बजाएका छन् ।
नेपालको करेन्सी के हो ? भनेर सोधिएको प्रश्नमा उनले ‘नेपाली रुपैयाँ’ भनेर उत्तर दिएकी थिईन् । नेपालको भाषा के हो भनेर तीन पटक सम्म सोधिएको प्रश्नमा उनले ‘हिन्दी’ भनेर उत्तर दिएकी थिईन् । उनको यो उत्तर मिलेको भन्दै पत्रकारले हुटिङ गरेका छन् ।
आजभन्दा एक वर्ष अघि जि न्युजले प्रशारण गरेको भिडियो यस्तो छ ।

सम्बन्धित खबर