धादिङ, १४ जेठ । धादिङ जोगिमाराका १४ जना चेपाङ मजदुरको हत्या अभियोगमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउबा र पूर्व प्रधानसेनापति रुकमांगत कटवाल विरुद्ध उजुरी परेको छ । स्थानिय शान्ति समिति धादिङमा विहीबार जोगिमाराबाट आएका १४ जना मृतकका परिवारले आवश्यक कारबाहीको लागि भन्दै तत्कालीन प्रधानमन्त्री देउवा, पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवाल, तत्कालिन कालिकोट जिल्लाका प्रजिअ र गणपति विरुद्ध उजुरी दर्ता गराएका हुन् ।
दुर्गम जिल्ला कालिकोटको कोटवाडास्थित निर्माणधिन विमानस्थलमा तत्कालीन नेपाली सेनाले १७ जना मजदुरको हत्या गरेको थियो ।
तत्कालिन सशस्त्र युद्धकालमा मंगलसेन आक्रमणपछि भागेर आएको आशंकामा माओवादी माथि आक्रमण गर्दा ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा धादिङ जोगिमाराका १६ जना मजदुर थिए ।
स्थानिय शान्ति समितिका अनुसार १४ जनाको मात्रै उजुरी परेको छ । अन्य तिन जना भने केही दिनभित्र आउने जनाइएको छ ।