टेलिभिजनमै ओली विरुद्ध जंगिए माधव नेपाल, ‘अर्काको श्रीमती ताक्नेलाई प्रोत्साहन दिने ?’

नेपालले कार्यशैली र आचरणको समेत कुरा उठाएका छन् । ‘चौविस घण्टा जाँड रक्सिमा चुर्लुम्म डुवेका छन् विहान ६ बज्न पाको छैन घाँटीमा घ्याम्पो चढाएको छ

diyopost.com
bestnp   शनिबार, जेठ १५, २०७३ | ५:४१:५७

काठमाडौं, १५ जेठ । नेकपा एमालेभित्र पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीचको विवाद चुलिएको छ । केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनालको गठजोठ बनेर ओली जेहाद छेडिएका छन् ।
यसैबीच बरिष्ठ नेता माधव नेपालले एक टेलिभिजन कार्यक्रममा ओली र उनको प्रवृतिको चर्को आलोचना गरेका छन् । हिमालय टेलिभिजनका लागि नारायण पौडेलसँगको कुराकानीमा नेपालले अब छिट्टै विवादको विस्पोट हुने अवस्थामा पुगेको खुलासा गरेका हुन् ।
नेपालले राजदूत नियुक्त लगायत सबै नियुक्ती प्रधानमन्त्रीले एक लौटी गरेको दाबी गरेका छन् ।
‘कुनैपनि चिजलाई सहने धैर्यताको सिमा हुन्छ । अहिले म किन बोलेँ’ जब कुनै चिज विस्पोठ कहिले हुन्छ,’ उनले भने, ‘तब अति हुन्छ । ज्वालामुखी जव विष्पोठको विन्दुमा पुग्छ ।’
उनले कर्णाली आयोग लगायत सबै सरकारी नियुक्तमा ओलीले मनपरी गरेको समेत आरोप लगाएका छन् ।
‘अहिले कर्णाली आयोग गठन गर्‍यो मनपरि छ । सदस्यतामा मनपरि बाँढिएको छ । पार्टी सदस्यता भित्र गोलमाल छ, गुटले कब्जा गरेर बसेको छ,’ उनले भने, ‘महाधिबेशन सदस्यको विवरण लुकाएको छ । त्यो विवरण दिनुपर्‍यो । कसैलाइ शंका छ भने हेर्नु पर्‍यो । तर भनिन्छ, म हेर्न दिन्न। वा..’
उनले अब सहेर नबस्ने समेत चेतावनी दिएका छन् ।
‘अब सहेर बस्ने वा चुप लागेर बस्ने स्थिति छैन । पार्टी भित्र सांस्कृतिक आन्दोलन चलाउनु पर्नेछ । बलात्कारीको गाडी चढेर हिड्नुहुन्छ । भ्रष्टाचारीको गाडी चडेर तपाईं हिँड्नुहुन्छ,’ ओली पक्षका नेतालाई लक्षित गर्दै उनले भने, ‘आफ्नो पक्षको छ भने हजार अपराध गरेपनि त्यो माफ, आफ्नो विपक्षको छ भने अलिकति गल्ति गरेको भएपनि आकाश पातल जोड्दिने ?’
नेपालले कार्यशैली र आचरणको समेत कुरा उठाएका छन् । ‘चौविस घण्टा जाँड रक्सिमा चुर्लुम्म डुवेका छन् विहान ६ बज्न पाको छैन घाँटीमा घ्याम्पो चढाएको छ । साँझमा कुरै छोड्नुस् २४ घण्टा त्यही काममा लागेको छ । तिनैलाई प्रोत्साहन दिइएको छ ।’

 

ओली समुह विरुद्ध निकै आक्रोशित बनेका नेपालले धाराप्रबाह आरोपहरु लगाएका थिए । ‘दुई नम्बरी काम गरेको छ । आचरण गलत छ । आफ्ना कार्यकर्तसँग दुव्र्यबहार गरेको छ,’ उनले भने, ‘अर्काको श्रीमति माथि ताकेको छ । शहिदको श्रीमतीमाथि ताकेको छ ।’

त्यस्तै ओलीको बोलीको समेत उनले आलोचना गरेका छन् ।
‘बोली कहिँ मिठास छैन । बोलीमा उदण्डता छ, विनम्रता छैन । फेसबुकमा उदण्डहरुको जमातले जस्तो सिकाएको छ त्यही लेखिएको छ । जस्तो गुरु त्यस्तै चेला,’ उनले भने ।
अर्को प्रसंगमा नेपालले मदन भण्डारीको हत्यारालाई कारबाही गर्न जटिलता रहेको बताएका छन् । कस्तो जटिलता भन्ने उनले खुलाएका छैनन् ।

यस्तो छ अन्तर्वार्ता