आँखाको कालो घेरा हटाउने घरेलु उपाय

आँखाको कालो घेरा हटाउने घरेलु उपाय

पर्याप्त निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा कालो घेरा (डार्क सर्कल) देखापर्छ । जसले मानिसको सौन्दर्यमै ह्रास ल्याइदिन्छ । केही खानेकुराको सेवनबाट डार्क सर्कलबाट बच्न सकिन्छ । विशेषगरी, भिटामिनको कारणले आँखावरिपरि डार्क सर्कल देखापर्ने गर्छ । अब जानौँ, हटाउने तरिका :


भिटामिन ‘ए’युक्त खानेकुरा जस्तै– फर्सी, पाकेको मेवा, गाँजर, आँप र हरियो सागपात आदि खानुपर्छ । जसले छालाको रिपेयरिङ र टाइटेनिङ गर्न मद्दत गर्छ ।  

भिटामिन ‘सी’ले दिमागमा सेरोटोनिन नामक रसायन उत्पादन गर्छ । जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । अनि, डार्क सर्कल बिस्तारै हट्दै जान्छ । 

अंगुर, ब्लुबेरी, बन्दागोभी, केराउ आदिजस्ता भिटामिन ‘के’युक्त खानेकुराको सेवनले डार्क सर्कल कम गर्छ ।

आँखावरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ ।

कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि 
धुन सकिन्छ । 

सुत्नुअघि मनतातो पानीमा खाने सोडा लगाएर धुने गर्नाले पनि डार्क सर्कल क्रमशः हराएर जान्छ । भिटामिन ‘ई’ क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत डार्क सर्कलबाट राहत पाउन सकिन्छ । बुधबारको नयाँ पत्रिकामा खबर छ

Trending News