क्यारेवियन लिगको ड्राफ्टमा सन्दीपसहित चार नेपाली खेलाडी समावेश

क्यारेवियन लिगको ड्राफ्टमा सन्दीपसहित चार नेपाली खेलाडी समावेश

काठमाडौँ, जेठ २ । क्यारेवियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको ड्राफ्टमा नेपालका सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल परेका छन् ।

ड्राफ्टमा परेका खेलाडीहरुको छनोट ६ टिमले २२ मे मा अन्तिम छनोट गर्नेछन् । ड्राफ्टमा २१ देशका ५३६ खेलाडी छन् । उनीहरुबाट ६ टिमले खेलाडी छनोट गर्ने छन् । जसमा १७९ खेलाडी वेस्ट इन्डिजका छन् भने ३५७ विदेशी खेलाडी छन् । हालै आईपीएल खेलेर फर्किएका सन्दीपले अब विदेशी लिग खेल्दा छानेर मात्रै खेल्ने बताएका थिए ।

खेलाडी छनोट २२ मेमा लन्डनमा एक कार्यक्रमबीच हुने सिपिएलले जनाएको छ । सन्दीपले गत बर्ष सीपिएलमा डेब्यु गरेका थिए । सन्दीप गत वर्ष प्याट्रियट्समा पाँच हजार डलरमा अनुबन्ध भएका थिए । उनले पहिलो सिजनमै पाँच खेलमा सात विकेट लिएका थिए । यसक्रममा उनले एक सय ६ रन खर्चेका थिए । सोपमाल, रोहित र दिपेन्द्र भेन पहिलो विदेशी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता खेल्ने तयारीमा छन् ।

Trending News