२ सय किलो गाँजासहित दुई जना पक्राउ

२ सय किलो गाँजासहित दुई जना पक्राउ

लालबन्दी, जेठ २ । सर्लाहीको लालबन्दीमा २ क्विन्टल गाँजासहित २ जना पक्राउ परेका छन् । लालबन्दी प्रहरीले दुई अलग स्थानबाट बरामद गरेको गाँजाको परिमाण २ सय १० केजी रहेको प्रहरीले जनाएको छ ।

लालबन्दी नगरपालिका ९ मा बेवारीसे अवस्थामा भेटिएको भारतीय नम्बर प्लेटको जीपबाट १ सय ५० किलो बरामद भएको प्रहरीले जनाएको छ । त्यसैगरी लालबन्दी ६ का संगम लामाको घरमा लुकाएर राखेको ६० किलो गाँजा बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए ।

गाँजासहित लालबन्दी नगरपालिका–७ का ३७ वर्षीय सरोजजंग घिमिरे र पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १८ का १८ वर्षीय सिधु सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

Trending News