वैतडीमा जीप खस्यो, तीन जनाको मृत्यु तीन घाइते

वैतडीमा जीप खस्यो, तीन जनाको मृत्यु तीन घाइते

काठमाडौँ, जेठ ५ । वैतडीमा यात्रुवाहक जीप दुर्घटना भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार दिउँसो जीप सडकबाट खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परि ३ जनाको मृत्यु् भएको छ भने तीन जना घाइते भएका छन् ।

देहिमाण्डौबाट गिरिगाडा जाँदै गरेको म १ ख ४९२१ नम्बरको यात्रुवाहक जीप सडकबाट करिब दुई सय मिटर तल खसेको हो । दुर्घटनामा परि दशरथचन्द नगरपालिका १० का करिब ४५ बर्षीय हिरावल्लभ भट्ट र ६५ बर्षीया नरुली भट्टको मृत्यु भएको छ । थप एकको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय वैतडीले जनाएको छ ।

घाइते रहेका चालकसहित तीनजनालाई जिल्ला अस्पताल बैतडी पठाइएको डिएसपी गिरीले जानकारी दिए ।

Trending News