बैठकमा अनिवार्य उपस्थित हुन शिक्षा तथा स्वास्थ्य समितिकी सभापति घर्तीको निर्देशन

बैठकमा अनिवार्य उपस्थित हुन शिक्षा तथा स्वास्थ्य समितिकी सभापति घर्तीको निर्देशन

काठमाडौं, जेठ ५ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले समितिमा अनिवार्य उपस्थितिका लागि सबै सदस्यहरुलाई निर्देशन दिएकी छिन् ।

समितिका छलफल तथा बैठकहरुमा सदस्यहरु अनुपस्थित हुन थालेपछि सभापति घर्तीले सक्रिय सहभागीता जनाउन निर्देशन दिएकी हुन् ।

आईतबार समितिको बार्षिक प्रतिवेदनको मस्यौदामाथिको छलफलमा पनि सदस्यहरु अनुपस्थित भएपछि सभापति घर्तीले सक्रिय उपस्थितिको लागि निर्देशन दिएकी हुन् ।
उनले भनिन, “समिति भनेको मिनी संसद हो । मिनी संसदमा सक्रियतापुर्वक आफ्नो उपस्थिति र भाग लिने र टाईमलाई म्यानेज गर्ने कुरालाई म सबै माननिय ज्यूलाई विनम्र अनुरोध गर्दछु । ”

बैठकमा समिति सदस्य योगेश भट्टराईले कारवाही महत्वहिन र प्रभावकारी नदेखेर समितिका बैठकमा अनुपस्थित भएको हो भने थप प्रभावकारी बनाउन सुझाव दिए ।
आईतबारको बैठकमा समितिको बार्षिक प्रतिवेदनको मस्यौदामाथिको छलफल गर्ने कार्यसूची थियो ।

छलफलमा सहभागी सदस्यहरु खगराज अधिकारी , मान बहादुर विक, उमाकान्त चौधरी, चित्रलेखा यादव, उमेश श्रेष्ठ लगायतले निर्देशन कार्यान्वय गर्ने र नगर्नेहरुको नाम नै किटानीका साथ उल्लेख गर्नुपर्नेमा जोड दिएका थिए ।

Trending News