तत्काल बक्यौता असुलीको कारबाही अघि बढाउन लेखा समितिको निर्देशन

तत्काल बक्यौता असुलीको कारबाही अघि बढाउन लेखा समितिको निर्देशन

काठमाडौं, जेठ ५ । प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिले तत्काल बक्यौता असुलीको कारवाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

आईतबार सिंहदरबारमा बसेको समिति बैठकले यथासिघ्र बक्यौता उठाउने कारवाही अघि बढाउन निर्देशन दिएको हो । साथै प्राधिकरणले प्रस्तुत गरेको कार्ययोजना तदारुकताका साथ कार्यान्वय गरि समितिमा नियमित रुपमा प्रगती विवरण बुझाउन पनि निर्देशन दिईएको छ ।

बैठकले बन्द भएका विदेशी कम्पनीलाई कालोसूचीमा राखी बक्यौता असुलीको कारवाही अघि बढाउन तथा विमानस्थल क्षेत्रमा सम्झौता समाप्त भएर पनि बसेका पसल, पार्किङ क्षेत्रलाई २ महिना भित्र नया बोलपत्र आव्हन गरि प्रतिष्पर्धा बाट भाडामा लगाउन निर्देशन दिएको छ ।बैठकले विमानस्थल भंसार कार्यालयबाट प्राधिकरणले उठाउन बाँकी रकमका सम्बन्धमा भने यथासिघ्र किनारा लगाउन नेपाल सरकारलाई निर्देशन दिएको छ ।

Trending News