
6'Fl8v]ndf u0ftGq lbj; u0ftGq lbj; @)&% sf] pknIodf ;}lgs d~r 6'Fl8v]ndf cfOtaf/ cfof]lht ljz]if ;df/f]xdf /fi6«klt, pk/fi6«klt, k|wfgdGqL, sfd' k|wfgGofofwLz, ;efd'v / /fli6«o ;efsf cWoIfnufot . tl:a/ M /Tg >]i7, /f;;
काठमाडौँ,जेठ ५ । नेपाल सरकारले यस वर्षको गणतन्त्र दिवसलाई भव्यतापूर्वक मनाउन विभिन्न तयारी थालेको छ । प्रचारप्रसार उपसमितिका संयोजकका हैसियतले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्ने गरी कार्यक्रम तय गर्नुपर्ने बताएका छन् ।
आज अपरान्ह् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सभाकक्षमा आयोजित उपसमितिको बैठकमा उनले यही जेठ १५ गतेका दिन मनाइने ११ औँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्रका लागि गरिएका संघर्षहरु र गणतन्त्र प्राप्तिपछि जनताले हासिल गरेका उपलब्धिलाई जोड दिने गरी आम जनता माझ कार्यक्रम लैजान आग्रह गरे ।
सो अवसरमा मूल समारोह समितिले निर्धारण गरेका कार्यक्रमका अतिरिक्त थप आकर्षक र शैक्षिक महत्वका कार्यक्रम तय गरिएका छन् । यसै दिवसलाई लक्षित गरी नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको सहयोगमा रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक सूचना नेटवर्क र नेपाल विज्ञापन सङ्घलगायतले विशेष कार्यक्रम निर्माण गरी प्रचारप्रसार गर्नेछन् ।
मन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचारप्रसार उपसमितिमा राष्ट्रिय समाचार समिति ९रासस०, नेपाल टेलिभिजन, रेडियो नेपाल, नेपाल दूरसञ्चार प्राधिकरणलगायतका निकायका प्रमुख सदस्य छन् । रासस