लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न भन्दै प्रतिनिधिसभा बैठकमा राजपाको अवरोध

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न भन्दै प्रतिनिधिसभा बैठकमा राजपाको अवरोध

काठमाडौं, जेठ ६ । राष्ट्रिय जनता पार्टीले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाका सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन् ।

आफुहरुले लामो समय देखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको र सदनबाट रुलिङ भईसक्दा पनि सरकारले रुलिङ नमानेकोतर्फ उनले सभामुखको ध्यानाकर्षण गराईन ।

सभामुख कृष्ण बहादुर महराले सोमबारको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुखले सांसद चौधरीलाई बोल्न समय दिएका थिए ।

सभामुख कृष्ण बहादुर महराले राजपाले उठाउदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र केही सयम पछि उचित जवाफ दिने आश्वासन दिएपछि राजपाका सांसदहरुले आसन ग्रहण गरेका थिए ।

सभामुख महराले भने “माननिय सदस्यहरुले उठाउनुभएको विषयमा सरकारको पर्याप्त ध्यान गएको मैले ठानेको छु । कारण सहित केही समय पछि सरकारले उचित जवाफ दिन्छ । माननिय सदस्यहरु उहाँले उठाएको विषयहरु मेरो त ध्यानाकर्षण भएकै छ । ”

Trending News