काठमाडौँ, जेठ ६ । कम्युनिस्ट सरकारको कामकारवाहीको निगरानी राख्नका लागि नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छाया सरकारको रुपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति बनाएका हुन् ।
छायाँ सरकारको गृहमन्त्रीमा दिलेन्द्रप्रसाद बडुलाई गृहमन्त्री बनाइएको छ । २० जनाको मन्त्रीमण्डल सहित बनाइएको छायाँ सरकारमा गगन थापालाई शिक्षा मन्त्री बनाइएको छ भने मिनेन्द्र रिजाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । २० जनालाई संयोजक बनाई निम्न मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
गृह मन्त्रालयः दिलेन्द्रप्रसाद बडु
अर्थ मन्त्रालयः डा. मिनेन्द्र रिजाल
परराष्ट्र मन्त्रालयः नारायण खड्का
उर्जा मन्त्रालयः ज्ञानेन्द्रबहादुर कार्की
शिक्षा मन्त्रालयः गगन थापा
उमाकान्त चौधरीः सहरी विकास मन्त्रालय
मीन विश्वकर्माः उद्योग मन्त्रालय
देवेन्द्रराज कँडेलः पर्यटन मन्त्रालय
किशोरसिंह राठौरः खेलकुद मन्त्रालय
पार्वती डिसीः स्वास्थ्य मन्त्रालय
डिला संग्रौलाः श्रम मन्त्रालय
बहादुरसिंह लामाः संचार मन्त्रालय
लक्ष्मी परियारः भुमि सुधार मन्त्रालय
अतहर कमाल मुसलमानः संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
पद्मनारायण चौधरीः कृषी मन्त्रालय
उमा रेग्मीः महिला तथा बालबालिका
भीमसेनदास प्रधानः रक्षा मन्त्रालय
सञ्जयकुमार गौतमः भौतिक पुर्वाधार मन्त्तालय
राजेन्द्र केसीः वन मन्त्रालय
राधेश्याम अधिकारीः कानुन मन्त्रालय