काठमाडौँ,जेठ १२ । काठमाडौँ प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले दियोपोष्ट लाई दिएको जानकारीअनुसार प्रारम्भिक अनुसन्धानबाट विस्फोटमा परी घाइते भएका रवीन केसी विप्लव समूहका विद्यार्थी नेता भएको बताएका छन् ।
केसी विप्लव निकट अखिल क्रान्तिकारीका त्रिचन्द्र क्याम्पसका इकाइ अध्यक्ष पनि हुन् । डिआइजी पोखरेलका अनुसार भोलि विप्लव समूहले गरेको नेपाल बन्दलाई लक्षित गरेर बम बनाउँदा बनाउँदै विस्फोट भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।