२३ जिल्लामा लाग्यो निषेधाज्ञा (सूचि सहित)

दियोपोस्ट संवाददाता

काठमाडौं, १८ बैशाख । कोरोना संक्रमणको दोस्रो लहर देशब्यापि रुपमा फैलिन थालेपछि शुक्रबारबाट २३ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।

शुक्रबार सम्म मुलुकका १५ कोरोना प्रभाति जिल्लामा निषेधाज्ञा जारी गरीएको थियो भने ३ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेकोे थियो ।

गृह मन्त्रालयका अनुसार शनिबारबाट थप ७ जिल्लामा निषेधाज्ञा जारी गर्दै मुलुकका २३ जिल्लामा निषेधाज्ञा लागु भएको हो ।

शुक्रबार सम्म निषेधाज्ञा जारी गर्नेमा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन् । यस्तै आंशिक निषेधाज्ञा गर्नेमा कालिकोट, बाग्लुङ र बर्दिया परेको छ ।

थप निषेधाज्ञा लागु हुने जिल्लामा काभ्रे, मकवानपुर, पश्चिम रुकुम र जाजरकोट डडेल्धुरा र दार्चुला रहेको छ ।

सम्बन्धित खबर