१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजिनामा स्विकृत भएको छ । यसअघि उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका थिए ।
विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा दिएका हुन् । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।
दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
बहुमत प्राप्त मुख्यमन्त्रीको हैसियतमा फेरी आफूले नै मुख्यमन्त्री पदमा उम्मेदवारी दिने उनको तयारी छ ।