तनहुँ, २० बैशाख । बिहे भोज खाएर करिब ३५ जाना बिरामी भएका छन् । व्यास नगरपालिका –१४ स्थित छाब्दीमा बिहे भोज खाएर करिब ३५ जना बिरामी परेका हुन् ।
नजिकै छिमेकी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्तहरु बिरामी भएको हुन् ।बिरामीलाई फखाला, बान्ता र ज्वरो आउने जस्ता लक्षण देखिएको बताइएको छन् ।
शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले जानकारी दिएका छन्।
बिरामी परेका मध्य चार जना भने अलि गम्भीर रहेको र उनिहलाई स्लाइन चढाएर उपचार भइरहेको स्वास्थ्यकर्मी हडखलेले बताएका छन् ।
गम्भीर रहेका व्यक्तिको सोमबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्ने गरी नगरपालिकाको स्वास्थ्य शाखामा नामावली पठाइएको समेत उनले बताएका छन् । नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले यस विषयमा थप जानकारी लिने काम भइरहेको बताएका छन् ।