काठमाडौं, २० वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल दम्पत्तिलाई नै कोरोना भाइरस संक्रमण भएको छ । आईतबार ढकाल र उनकी पत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण भएको हो ।
कोरोना संक्रमित भएका मन्त्री ढकाल चितवनको माडीस्थित अयोध्यापुरीमा राम सिताको मुर्ति स्थापना समारोहमा शरिक भएको पाइएको छ । मास्क बिनै हजारौँको भिडमा ढकाल देखिएको तस्विर फेला परेको छ ।
अयोध्यापुरीमा उनीसँगै देखिएका एमाले सांसद किसान कुमार श्रेष्ठले पनि मास्क लगाएका छैनन् । श्रेष्ठलाई पनि केहीदिन अघि पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण देखिएको पुष्टि भएको हो ।