रमेश खरेल भन्छन्,–‘दिपक मनाङ्गे एउटा फ्याउरे गुण्डा हो, मन्त्री हुनु ठूलो कुरा होइन’

रमेश खरेल भन्छन्,–‘दिपक मनाङ्गे एउटा फ्याउरे गुण्डा हो, मन्त्री हुनु ठूलो कुरा होइन’

काठमाडौं, २० वैशाख । गण्डकी प्रदेशको खेलकुद मन्त्री नियुक्त भएका दिपक मनाङ्गेलाई पूर्वडिआइजी रमेश खरेलले फ्याउरेको संज्ञा दिएका छन् । आइतबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका हुन् ।


‘दिपक मनाङ्गे एउटा फ्याउरे गुण्डा हो । मन्त्री भयो । त्यसबाहेक तीन करोड नेपाली जनतालाई आतंक गर्ने मान्छेहरु प्रधानमन्त्री भइरहेका छन् । हिजो पनि भए अहिले पनि छन् र भोली पनि हुन्छन्,’ खरेलले भनेका छन्,‘दिपक मनाङ्गे जस्तो मान्छे एउटा फ्याउरे गुण्डा मन्त्री हुनु कुनै ठूलो कुरा होइन ।’


तत्कालिन डिआइजी खरेल प्रतिष्पर्धी सर्वेन्द्र खनाललाई आइजीपी नियुक्त गरेपछि राजिनामा दिएर बसेका थिए । उनले दिपक मनाङ्गेलाई पटक पटक पक्राउ गरेर मुद्दा चलाएका थिए ।
मनाङ्गेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केही दिनअघि युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका थिए ।

Trending News