कोरोनाबाट शिक्षकको मृत्यु

कोरोनाबाट शिक्षकको मृत्यु

सप्तरी, २१ बैशाख । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ ।

उनको आज बिहान सवा पाँच बजे मृत्यु भएको हो ।
सप्तकोशी नगरपालिकास्थित राष्ट्रिय माविमा अध्यापनरत ति ४५ वर्षीय शिक्षकलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनी उच्च रक्तचापबाट पीडित भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिएका छन् । वैशाख महिनाको हालसम्ममा प्रतिष्ठानमा १० जनाको ज्यान गइसकेको छ । रासस

Trending News