वैशाख २९ गतेसम्म थपियो काठमाडौँमा निषेधाज्ञा, पसल साँझ खोल्न नपाइने

वैशाख २९ गतेसम्म थपियो काठमाडौँमा निषेधाज्ञा, पसल साँझ खोल्न नपाइने

काठमाडौं,२१ बैशाख । काठमाडौँ उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको स्रोतले जनाएको छ ।

उपत्यकामा साँझ ५ बजेदेखि ७ बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाउने निर्णय सच्याइएको छ ।

अब साँझ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय गरिएको हो । अबदेखि बिहान ७–९ बजेसम्म मात्र पसल खोल्न पाइनेछ ।

Trending News