प्रधानमन्त्री कार्यालयबाट सवारी पासको दुरुपयोग : व्यापारीको भान्छेलाई सवारी पास !

प्रधानमन्त्री कार्यालयबाट सवारी पासको दुरुपयोग : व्यापारीको भान्छेलाई सवारी पास !

काठमाडौं, २१ वैशाख । सवारी पास दिने अधिकार जिल्ला प्रशासन कार्यालयलाई मात्रै छ । सवारी पास माग्नेहरुको चाप भएका कारण काठमाडौं लगायत जिल्ला प्रशासन कार्यालयले पास नै उपलब्ध गराउन छाडेका छन् ।

तर, प्रधानमन्त्री आर्थिक सल्लाहाकारको भूमिकामा रहेका व्यापारी मोतिलाल दुगडको भान्सेलाई प्रधानमन्त्री कार्यालयकै सवारी पास उपलब्ध गराएको पाइएको छ ।


ट्रेडमार्क चोरीदेखि नुनको अवैधानिक धन्दा गर्दै आएका दुगडले आफ्ना भान्छे विजय लोहियाको नाममा बा १६ च ४६५४ नम्बरको निजी गाडीलाई सवारी पास उपलब्ध गराएका हुन् । उनको सवारी पासमा सहसचिव बुद्ध बहादुर गुरुङको हस्ताक्षर छ ।

यसरी प्रधानमन्त्रीको सल्लाहाकारले आफ्ना भान्सेकै नाममा सवारी पास उपलब्ध गराएको घटनाले शक्तिको दुरुपयोग कतिसम्म रहेको भन्ने देखाएको छ । ठूलाबडाका आफन्तलाई मनोमानी सवारी पास बाढेकै आधारमा काठमाडौं उपत्यकामा ट्राफिक जाम नै हुनेगरि सवारी जाम हुन थालेको छ ।

सामान्य नागरिकलाई अस्पताल जाँदा समेत प्रहरीले सोधपुछ गरेर हैरान पार्छ । तर, प्रधानमन्त्री कार्यालयकै सवारी पास लिएर सडकमा रवाफ देखाउँदै हिँड्नेलाई भने प्रहरीले प्रश्न गर्ने हिम्मत समेत गर्दैनन् ।

Trending News