ओली सरकार अल्पमतमा : माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता !

ओली सरकार अल्पमतमा : माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता !

काठमाडौं, २१ वैशाख । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादीले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । आगामी वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने सार्वजनिभ भएको थियो ।

Trending News