सात हजार ५८७ थपिए, एक हजार ७७५ कोरोनामुक्त, ५५ को मृत्यु

सात हजार ५८७ थपिए, एक हजार ७७५ कोरोनामुक्त, ५५ को मृत्यु

काठमाडौं, २१ बैशाख । नेपालमा कोरोना भाइरसका सात हजार ५८७ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा १६ हजार १३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ५८७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ बाट सङ्क्रमित हुने तीन लाख ५१ ह्जार पाँच जना पुगेका छन् ।

पछिल्लो चौबीस घण्टामा ५५ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ भने एक हजार ७ सय ७५ जना कोरोनामुक्त भएका छन् ।

Trending News