लुम्बिनी प्रदेशमा सांसद किनबेच : एमालेले दुई सांसदलाई एक/एक करोड दिएको खुलाशा !

लुम्बिनी प्रदेशमा सांसद किनबेच : एमालेले दुई सांसदलाई एक/एक करोड दिएको खुलाशा !

बुटवल, २१ वैशाख । प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव छलेर नाटकीय रुपमा राजिनामा दिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आइतबार बेलुकी नै पुन मुख्यमन्त्री नियुक्त भए ।
अल्पमतमै परेपनि सैन्य शक्ति प्रयोग गरेर प्रदेश प्रमुख धर्मनाथ यादवलाई मुख्यमन्त्रीकै कार्यालयमा लगेर सपथ गराएका पोखरेल यतिबेला विवादमा छन् ।


मुलुक कोरोना महामारीको संकटमा गुज्रिरहेको बेला लुम्बिनी प्रदेश सरकार गठनमा भएको नाटकीय घटनालाई कतिपयले ‘चिहानमाथि शंकर पोखरेलको राजनीति’ भन्दै टिप्पणी गरेका छन् ।
तर, त्यति मात्रै होइन लम्बिनी प्रदेशमा सांसद खरिदबिक्री भएको रहस्योद्घटन भएको छ ।

२०७४ सालको निर्वाचनमा सुर्य चिन्हबाट निर्वाचन लडेका हृदयश त्रिपाठीको पार्टीका दुई सांसद किनबेच भएको विशेष स्रोतको दाबी छ । शुरुमा नेपाली कांग्रेस र माओवादी गठनबन्धनले ती दुई सांसदलाई प्रतिव्यक्ति २० लाख रुपैयाँ दिएको स्रोतको दाबी छ । आइतबार दिउँसै दुवै सांसदले माओवादी र कांग्रेस गठबन्धनलाई समर्थन गरेर हस्ताक्षर गरेका थिए ।

उनीहरुसहित ४२ जना सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुखलाई निवेदन दिँदा समेत अल्पमतमा परेका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलले जबरजस्ती सपथ नै खाएपछि भोलीपल्ट उनीहरुले प्यानले फेरेका थिए ।


ती दुई सांसदले नेकपा एमालेबाट फेरी प्रति व्यक्ति एक÷एक करोड रुपैयाँ हातपारेको चर्चा लुम्बिनी प्रदेशमा व्यप्त छ । यस विषयमा प्रतिक्रिया लिन स्वतन्त्र समुहका सांसद बताउने अजय शाहीको मोबाइल नम्बरमा पटक पटक फोन गर्दा उनले फोन उठाएनन् । त्यस्तै अर्का सांसद धर्म बहादुर लाल श्रीवास्तवले पनि फोन उठाएनन् ।

Trending News